नरिश्वर पाण्डेद्वारा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल मै प्रतिबद्ध रहने जानकारी

नरिश्वर पाण्डेद्वारा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल मै प्रतिबद्ध रहने जानकारी

 

अर्घाखाँची । नरिश्वर पाण्डेले आफु क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल मै प्रतिबद्ध रहेको जानकारी गराउनु भएको छ । २०८३ साउन २ गते एक क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सेक्रेटरीलाई एक निवेदन दिँदै उहाँले सो कुरा बताउनु भएको हो । पाण्डेले दिएको निवेदनको पूर्ण पाठ यसप्रकार छ –
“पार्टी सेक्रेटरी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समति अर्घाखाँची उपरोक्त सम्बन्धमा लामो समयदेखि कम्युनिष्ट आन्दोनमा सक्रिय रहँदै आउने क्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल भित्र केही अवसरवादीहरुले पार्टीको क्रान्तिकारी छविलाई बिगार्ने गरी लागेको अवस्थामा म नरीश्वर पाण्डे पनि भूलवस अवसरवादी व्यक्तिहरुको समर्थन गरकोले आत्मालोचित हुँदै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमात्र एक माक्र्सवादी लेनिनवाद र माओवाद विचारधारामा आधारीत रही पथप्रदर्शक सिद्धान्त मान्दै आएको ठहर गर्दै पुनः पार्टीको नीति सिद्धान्त निर्देशन पालना गर्दै सक्रिय रुपमा काम गर्ने प्रत्रिबद्धता गर्दछु ।”
पाण्डेलाई सचिव राजेन्द्र नेपालीले साउन २ गते अविर लगाइ पार्टीमा स्वागत गर्नु भएको छ ।