पत्रकार मास्कीरानामाथि भएको आक्रमणको निन्दा र भत्र्सना

पत्रकार मास्कीरानामाथि भएको आक्रमणको निन्दा र भत्र्सना

काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले एक वक्तव्य जारी गर्दै क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सल्लाहकार तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका सदस्य, जनजाति पत्रकारहरुका नेता टेक बहादुर मास्कीरानालाई ०७३ फागुन २३ गते साँझ आठ बजे बुटबल उपमहानगरपालिका वडा नं ८ गोलपार्कमा अपरिचित एक समूहले गरेको सांघातिक हमलाप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै आक्रमणको घोर भत्र्सना एवम् कडा शब्दमा निन्दा गरेका छन् ।

मंगलबार जारी गरिएको वक्तव्यमा प्रहरी प्रशासनसमक्ष आक्रमणकारीहरुको पहिचान गरी तत्काल कारबाही प्रक्रिया अगाडि बढाउन जोडदार माग गरिएको छ र पत्रकारहरुको भौतिक सुरक्षाको ग्यारेण्टी गर्न राज्यसँग माग पनि गरेको छ । अध्यक्ष राउतले वक्तव्यमा घाइते मास्कीरानाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।