सच्चा क्रान्तिकारी को हो र को होइन ?

सच्चा क्रान्तिकारी को हो र को होइन ?

युगौदेखि नेपालको राज्य सत्तामा बसेको सामन्ती राजतन्त्रको समाप्ती तथा वैदेशीक प्रतिक्रियावाद हाम्रो सन्दर्भमा आधारित विस्तारवादलाई परास्त गरी सर्वहारा वर्गको नेतृत्वमा नयाँ जनवादी राज्य सत्ता स्थापना गरेर समाजवाद हुदै साम्यवादको लक्ष्य हासिल गर्न विश्वका सर्वहारा वर्ग सँग एकाकार भएर अगाडी बढ्ने उद्देश्य बोकेर कम्युनिष्ट पार्टीको स्थापना भएको आज ६७ वर्ष हुदैछ । कम्युनिष्ट पार्टीको स्थापना भएको ६७ वर्ष भएता पनि पूँजीवादी दर्शनको प्रतिपादन तथा पूँजीवादी राज्य निर्माणका दृष्ट्रिले यो अवधि त्यति लामो अवधी होइन । यो छोटो अवधीमा नेपालमा भएका वर्ग संघर्ष अत्यन्तै मनन योग्य रहदै आएका छन् । साना–साना वर्ग संघर्ष हुदै आउने क्रम सँगै तत्कालीन नेकपा (माओवादी)ले सर्वहारा वर्गको राज्य सत्ता स्थापना गरी छाड्ने दृढ अठोटका साथ २०५२ साल फाल्गुन १ गते शुरु गरेको वर्ग संघर्षले वास्तवमा देशिय सामन्ती राजतन्त्रात्मक राज्य सत्ता मात्र होइन त्यसलाई अरमजदुर टेवा दिदै आएको अमेरिकी साम्राज्यवाद होस या भारतीय विस्तारवाद होस दश वर्षको जनयुद्धले सवैको सात्तो उडाएकै थियो । जनयुद्धलाई समाप्त बनाउन प्रतिक्रियावादी वर्गमात्र होइन माक्र्सवादको कम्युनिष्टको खोल ओडेर खसेका घोर संशोदनवादीहरु समेत सम्पूर्ण तागत लगाएर भ्रम पार्ने देखि दमनका निमित्त आधार तयार पार्ने सम्मका हर्कत नगरेका होइनन् । साम्राज्यवाद, विस्तारवाद र सामन्तवादका ठूला–ठूला दमनकारी हर्कत देखि संशोधनवादी भ्रमको चिरफार गर्दै क्रान्तिलाई स्थापित गर्ने र अगाडी बढाउने काममा प्रतिक्रियावादी वर्गको राज्य सत्ता द्धारा अपहेलित, उत्पीडित मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लीम लगायत उत्पीडित क्षेत्रका जनताको त्याग, वीरता, वलिदानको असिम महत्व रहदै आएको थियो । जसले गर्दा दुश्मनका सबैखाले रणनितिहरु आफैमा फिक्का सावित हुदै गएका थिए ।

गाँउमा भएका भरुवा बन्दुक बाटो बनाउने क्रममा प्रयोगका लागि लगिएको जीलेटीनको भरमा उच्च मनोवलका साथ लडेका लडाई अथवा उच्च वर्ग संघर्षले छोटो अवधिमानै एउटा कृतिमान कायम गरेको कुरालाई कुनै पनि क्रान्तिकारीहरुले विर्सन हुदैन । स्मरण शक्तिले प्रयोग गरेका सबै खाले आधुनिक हतियार अन्तत भरुवा बन्दुकको भरमा जनमुक्ति सेनाले कब्जा ग¥यो । स्मरणले आफ्नो वर्गीय सत्ता कायम राख्न अमेरिकी, भारत र बेल्जीयमबाट समेत हतियार झिकायो । तर ती सबै प्रकारका हतियार एक पछि अर्को गरी जनमुक्ति सेनाले कब्जा गर्दै ग¥यो । यति सम्मकि जनमुक्ति सेनाले नाइट भिजन हेलिकप्टर होस् या युद्ध विमाननै किन न होस् त्यसलाई रकेट लन्चर प्रयोग गरेर खसाल्न सक्ने ताकत बनाइसकेको थियो । त्यसैले स्मरण शक्ति यात सदरमुकाम यात राजधानीमा यात सेनाका ब्यारेक कैद हुदै गएको अवस्था थियो । स्वयम सि.डि.यो. जनपथ प्रहरी डी.एस.पी. हरु सुरक्षाको निमित्त सेनाको ब्यारेकमा गएर बस्न बाध्य थिए । यसबाट के स्पष्ट हुन्छ भने माओले भने झै ‘यदि विचार सहि छ भने पार्टी छैन भने पार्टी बन्छ, कार्यकर्ता छैन भने कार्यकर्ता बन्छ, हतियार छैन भने हतियार प्राप्त हुन्छ, सेना छैन भने सेना बन्छ, यदि विचार गलत भयो भने आफु सँग भएका सबै कुरा गुम्छन ।’ माओले भनेका कुरा वास्तवमा १० वर्षे जनयुद्धमा जस्ताको तस्तै लागु भएका थिए । किनकि तत्कालीन माओवादीले तय गरेको कार्यदिशा, नीति, योजना र कार्यक्रम सहि थिए । वस्तुवादी थिए । तत्कालीन अवस्थामा सापेक्षित रुपमा नेतृत्व पनि इमान्दार नै थिए । कार्य कर्ताको त्याग, वीरता, वलिदान र उच्च सहास असिमित नै थियो । जसले गर्दा २४० वर्ष देखि जरागाडेर बसेको सामन्ती राजतन्त्रको सत्ता अत्यत्तै कमजोर बन्दै गएको अवस्था थियो ।

यसरी क्रान्ति उत्कर्समा पुग्दै गर्दा माओवादीको तात्कालिन मुख्य नेतृत्वमा रहेका प्रचण्ड, बाबुराममा वैचारिक विचलन पैदा हुनु र त्यति नै बेला किरण, गौरव भारतमा गिरफ्तार भएर जेल जीबन विताउन बाध्य हुनुले चुनुवाङ बैठकमा क्रान्तिकारी विचारले हा¥यो । किरण, गौरवको जेल जीवनकै क्रममा चुनवाङ बैठकमा जनगणतन्त्रको ठाउँमा लोकतन्त्रको नारा उत्कर्षमा पुगेको क्रान्तिलाई बिसर्जन गर्ने निर्णयमा पुग्यो । उहाँहरुको गिरफ्तारी, चुनवाङ बैठकको आयोजना र लोकतन्त्रको नारा आउनुमा यसको तादम्यता कति हो ? यो अझै अनुत्तरित नै छ । यसको सही उत्तर दिन नसक्दा कैयौ भ्रमहरु जन्मेका छन् । जसले गर्दा सर्वहारावर्गले आफ्नो वर्गको मुक्तिको मार्ग देख्न नसकेको प्रतीत हुन्छ । त्यति मात्र होइन माओले भनेझैं विचार गलत भएपछि आपूmसँग भएका सबै चिज गुम्छन् भन्ने कुरा पनि हाम्रो आफ्नै जीवनमा लागू भए । जनमुक्ति सेना विघटन भयो, रगतसँग साटिएका हतियार गुमे, आधारइलाका विघटन भए र जनताको आफ्नै स्थानीय सत्ता विघटन भए । नेपाली सर्वहारावर्गको यो हार चानचुने थिइन । जुन वर्गका विरुद्ध लड्नका खातिर आफ्ना छोराछोरीहरुलाई रातो टीका लगाए बिदाइ गरेका थिए, ती आज आफ्ना आँखा अगाडि छैनन् । जसले जनगणतन्त्र ल्याउनका निमित्त क्रान्तिको नेतृत्व गरेका थिए, तिनीहरु नै आज मालेमावादको खोल ओडेर अझ माओवादी पार्टीको साइनबोर्ड देखाएर तिनै दुश्मनहरुसँग हातेमालो गर्दै क्रान्तिको खिल्ली उडाइरहेको कुरा सहिद, बेपत्ता परिवार, घाइते अपाङ र समग्रमा सबै प्रकारका उत्पीडित जनता टुलुटुलु हेरिरहेका छन् । मालेमावादको मार्गदर्शक सिद्धान्त मान्छौ भनेर दस्तावेजमा लेख्नु मात्रले उनीहरु सच्चा कम्युनिष्ट ठहर्न सक्छन कि सक्दैनन् ? माओवादी पार्टी नामाकरण गर्नुले मात्र उनीहरु सही हुनसक्छन् कि सक्दैनन् ? त्यसको रुप र सारको कतिको मेल खाएको छ । यी यावत विषयवस्तुका बारेमा हामीले क्रान्तिकारी पार्टीलाई स्पष्ट पार्न अझै सकेका छैनौं ।

नेपालको सर्वहारा वर्गीय क्रान्तिले केवल नेपालमा मात्र होइन, विश्वका सर्वहारावर्गलाई उत्साहित बनाएको थियो । यतिसम्म कि भारतमा लडाइँ लडिरहेका भारतीय कम्युनिष्ट पार्टी (माओवादी)ले समेत नेपालको क्रान्तिबाट थुप्रै विषयवस्तुहरु सिक्दै थिए । यो स्तरमा विकास भएको क्रान्तिके घाँटी निमोठ्ने काम स्वयं क्रान्तिको नेतृत्व गरेका प्रचण्ड र बाबुरामहरुले गरे । तर विडम्बना के छ भने दशौं हजारम हान् सहिदका परिवारहरु, हजारौंहजार बेपत्ता योद्धाका परिवारहरु तथा हजारौंहजार घाइते योद्धाहरु तिनै गद्दारहरुको ममा छन् । बुर्जुवा वर्गको लोकतन्त्रलाई नै जनगणतन्त्र यही नै हो अब समाजवादमा जान्छौ भन्ने जस्ता भ्रमपूर्ण कुराहरु गर्दासमेत पत्याइरहेका छन् । क्रान्तिकारीहरुले यसलाई स्पष्ट पार्न सक्नु पर्दछ । दश वर्षको भीषण जनयुद्धले स्थापित गरेको मुख्य मान्यताका आधारमा खडा भएको माओवादी पार्टीको नाम भजाएर होस् या सहिद, बेपत्ता योद्धा तथा घाइते योद्धाहरुको त्याग, वीरता र बलिदानमाथि टेकेर होस् स्थापित बन्न पुगेका नेताहरु आज तिनी जनतालाई भ्रम दिएर विश्वमा बदनाम भइसकेको संसदीय व्यवस्थालाई लोकतान्त्रिक गणतन्त्रको कलेवरमा पुनः अर्काे १०–२० वर्षमा आर्थिक क्रान्तिको हौवा फिजाए । हजारौं वर्षदेखि शोषित पीडित, उत्पीडित बन्दै आएका सर्वहारावर्गलाई शोषण उत्पीडन र दमन खप्न बाध्य पार्दै छन् । यसरी सर्वहारावर्गका वर्गदुश्मनको पहरेदार बनेका नयाँ संशोधनवादीहरुको काँधमा बन्दुक राखेर नजानिंदो तवरबाट वैचारिक, राजनीतिक, सामाजिक, सांस्कृति र आर्थिक दृष्टिले समाप्त बनाउने काम योजनाबद्ध तवरबाट हुुँदैछ । प्रत्यक्ष रुपमा देखिएका केही उदाहरणहरु हामी हेर्न सक्तछौं ।

१. ‘२१औं शताब्दीको जनवाद’ यो नाम वा यसको व्याख्या सबैभन्दा बढी बाबुराम भट्टराईले गर्दै आउनु भयो । अहिले पनि गर्दै हुनुहुन्छ । प्रचण्डले यसको प्रस्ताव तयार पारेर ल्याउनुभयो । तर आजसम्म त्यो प्रस्ताव न त हिजो एउटै पार्टी हुँदा होस् न त त्यसभन्दा पछिका दिनहरुमा पार्टीको कुनै पनि आधारिकारिक निकायमा छलफल गरेर निर्णय भएको छैन । तर पनि त्यो नीति माओवादी पार्टीको धारणा बन्न पुगेको छ । त्यो आपैmमा विधिका हिसाबले मात्र होइन नीतिका हिसाबले पनि गलत छ । जुन प्रकारको सोच, विचार प्रचण्ड र बाबुरामहरुमा विकसित भयो त्यो आफैमा वैचारिक विचलनको सुरुआत थियो । त्यसैको परिणामस्वरुप सर्वहारावर्गले हार व्यहोर्न बाध्य भयो । दश वर्षको भीषण जनयुद्धबाट प्राप्त उपलब्धिहरु सबै गुमाउन बाध्य भयो ।

२. जनगणतन्त्रको ठाउँमा ‘लोकतन्त्रान्त्रिक गणतन्त्र’ ‘संविधानसभा’ बन्ने बेलामा प्रचण्डले गरेका १६ बुँदे सम्झौतामा ‘संसदीय व्यवस्थालाई मान्ने प्रतिबद्धता’ यी र यस्ता विषयहरु सर्वहारावर्गको मुक्ति र समानतालाई केन्द्रबिन्दुमा राखेर वर्गदुश्मनलाई कमजोर बनाउन वा युद्धकलाअनुरुप गरिएका निर्णयहरु थिएनन् र होइनन् पनि । यो त बरु एउटा उत्कर्षमा पुगेको क्रान्तिलाई एकैपटक रोकेर संसदीय व्यवस्थामा जान असजिलो हुने वा सर्वहारावर्गलाई सच्चा देशभक्त तप्कालाई झुक्याउन गाह्रो पर्ने भएकाले ल्याइएको नारा थियो । क्रमशः संशोधनवाद हुँदै प्रतिक्रियावादी बाटोमा ओरालो लाग्ने नीति थियो । प्रचण्ड र बाबुरामका हमा मात्र हेइन । विप्लवका हकमा पनि त्यही हो । नेपालको सर्वहारा वर्गीय आन्दोलनमा त्यस प्रकारका दृष्टान्त अरु पनि छन् । यस्तै २०२८ सालमा भएको झापा आन्दोलनको ओरालो २०३५ सालमा माले नाम गरेका पार्टी गठन हुँदासम्म एउटा कोर्ष पूरा गरिसकेको थियो । तर माले पार्टी संसदीय व्यवस्था मान्नेबारे पुँजीवादी पार्टी हो भनेर देखिनका लागि विश्वमा समाजवादी वा जनवादी सत्ता स्थापना भए । पुँजीवादी सत्तामा रुपान्तरण भएका १५ वटा देशका सत्तालाई समाजवाद देख्नु, माओविचारधारा छाड्नु, संसदीय बहुदलीय व्यवस्थालाई मान्नु, संवैधानिक राजतन्त्रलाई मान्नु बल प्रयोगको सिद्धान्तलाई छाड्न जस्ता मूलभूत निर्णयहरु बाहिर आएपछि मात्र क्रान्तिकारी पार्टी हाइन भन्ने धेरैलाई थाहा भयो । त्यतिबेलासम्म अवसरवादीहरुको एउटा तप्काले पार्टी भित्र र बाहिर एकप्रकारको पकड जनाइसकेको थियो । जसले गर्दा कम्युनिष्ट पार्टीको नाममा जनताको एउटा तप्कालाई क्रान्तिबाट, परिवर्तनबाट विमुख बनाउने काममा आजसम्म कति खतरनाक भूमिका खेलिरहेको छ भन्ने कुरा हामी सबैलाई थाहा नै छ । प्रचण्ड, बाबुराम र विप्लवहरु यतिबेला फरक नाम र नाराका आधारमा त्यही गर्दैछन् । आमूल परिवर्तनका पक्षधर सच्चा देशभक्तहरुले उनीहरुको सक्कली रुप व्यवहारतः थाहा पाइसक्दा तिनीहरु संशोधनवादका जबर्जस्त झुण्ड बनिसक्ने छन् । क्रान्तिको बाधकका रुपमा हिजो जसरी एमालेलगायत अन्य कतिपय कम्युुनिष्ट नामधारी पार्टीहरु देखापरेका थिए । भोलिको क्रान्ति अगाडि बढाउने क्रममा एमालेसँगै प्रचण्ड, बाबुराम र विप्लवको झुण्ड पनि बाधका देखा पर्ने संकेतहरु देखिसकेका छन् ।

३. स्थानीय सत्ताको विघटन तथा आधारइलाका विघटनले वास्तवमा सर्वहारावर्गलाई अत्यन्तै निराश बनायो । दश वर्षको जनयुद्धका क्रममा आधारइलाकाबाट भागेकाहरु आज त्यही ठाउँमा गएर गाउँका किसानहरुलाई धम्क्याइरहेका छन् । त्यति मात्र होइन जनयुद्धका क्रममा भएका विविध प्रकारका कारबाहीका झुट्टा मुद्दा लगाएर गाउँमा बस्न नसक्ने अवस्थासमेत खडा गरिरहेका छन् ।

४. जनमुक्ति सेनाको समायोजनका नाममा गरिएको विघटन, हतियारको समर्पण, अयोग्य लडाकुका नाममा गरिएको अपमान, स्वेच्छिक अवकाशका नाममा गरिएको घरफिर्ता जस्ता विषयहरुले यतिबेला युवाहरुको ठूलो हिस्सामा अत्यन्तै नराम्रो असर पारेको छ । वैचारिक ढंगले यसलाई स्पष्ट पार्न नसक्दासम्म युवाहरुको ठूलो हिस्साको मन जित्न सकिंदैन ।

५. सहिद परिवार, बेपत्ता परिवार तथा घाइते अपाङ योद्धाहरुको व्यवस्थापन तथा उपचार अत्यन्तै जटिल छ । प्रचण्ड दुईपटक, बाबुराम एकपटक यो देशको प्रधानमन्त्री भए तर दश वर्ष युद्ध लड्ने क्रममा छातिमा गोली थापेर सहिद भएकाहरुलाई राष्ट्रिय सहिद घोषणा हुन सकेनन् । बेपत्ता योद्धाहरु आजसम्म कहाँछन् ? त्यसको उत्तर छैन । घाइते योद्धाहरु अहिले पनि छटपटाइरहेका छन्, तर उपचारसमेत पाउन सकेका छैनन् ।

६. जयनुद्धका क्रममा लगाइएका मुद्दाहरु आज एकपछि अर्काे उल्टाएर जनयुद्धका योद्धाहरुलाई एकपछि अर्काे गरी जेल पठाइदैछ । तर यतिबेला पनि प्रचण्डको सरकार छ ।

तसर्थ बाबुराम भट्टराईले मालेमावादले मार्गदर्शक सिद्धान्तलाई छाडेर खुलेआम बुर्जुवा पुँजीवादी सिद्धान्त अँगालिसकेका छन् । प्रचण्डले मालेमावादलाई मार्गदर्शक सिद्धान्त मान्ने र पार्टी नाम अहिले पनि माओवादी राख्ने जस्तो कार्य गरेर अझै पनि इमान्दार कार्यकर्ता र जनतालाई झुक्याउने कोसिस गर्दैछन् । यसको डटेर भण्डाफोर गर्न आवश्यक छ ।