”हाम्रो पार्टी अन्धाधुन्द गोली चलाई निर्दोष नागरिकहरुको क्रूर रुपमा हत्या गर्ने तानाशाही नेपाल सरकारको तीव्र निन्दा तथा भत्र्सना गर्दछ । हाम्रो पार्टी प्रहरीको गोलीद्वारा हत्या गरिएका रञ्जन मेहता, पीताम्वर लाल यादव, आनन्द शाह र दिगम्वर यादवप्रति भावपूर्ण श्रद्धाञ्जाली व्यक्त गर्दछ र सबै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । साथै, हाम्रो पार्टी मृतकहरुका शोक सन्तप्त परिवार जनप्रति पनि हार्दिक समवेदना व्यक्त गर्दछ ।”
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले एक विज्ञप्ती जारी गर्दै ‘सप्तरी हत्याकाण्ड’ राज्यसत्ता र व्यवस्थाकै असफलताको एक ठोस उदाहारण भएको जनाएको छ । घटना संविधान संविधान संशोधन र स्थानीय निर्वाचनको घोषणासित सम्बन्धित रहेको उल्लेख गर्दै विज्ञप्तीमा भनिएको छ, “यसबारे उत्पन्न समस्याको समाधान गर्न नसक्ने सरकार मुख्य दोषी देखिन्छ भने सभा गर्ने स्वतन्त्रता भए पनि प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसक्ने एमालेसमेत जिम्मेबार रहेको छ । साथै, यस घटनामा सम्बन्धित सबै संयमित नभएको पनि पाइन्छ । अन्ततः यो वर्तमान राज्यसत्ता र व्यवस्थाकै असफलताको एक ठोस उदाहरण हो ।”
“यस स्थितिमा हाम्रो पार्टी अन्धाधुन्द गोली चलाई निर्दोष नागरिकहरुको क्रूर रुपमा हत्या गर्ने तानाशाही नेपाल सरकारको तीव्र निन्दा तथा भत्र्सना गर्दछ । हाम्रो पार्टी प्रहरीको गोलीद्वारा हत्या गरिएका रञ्जन मेहता, पीताम्वर लाल यादव, आनन्द शाह र दिगम्वर यादवप्रति भावपूर्ण श्रद्धाञ्जाली व्यक्त गर्दछ र सबै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । साथै, हाम्रो पार्टी मृतकहरुका शोक सन्तप्त परिवार जनप्रति पनि हार्दिक समवेदना व्यक्त गर्दछ ।” विज्ञप्तीमा उल्लेख गरिएको छ, “२०७३ फागुन २३ गते एमालेद्वारा अयोजित सभाको कार्यक्रमको सन्दर्भ र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासितको विवादको अवस्थामा प्रहरीद्वारा अन्दाधुन्द गोली चलाई रञ्जन मेहता, पीताम्बर लाल यादव, आनन्द शाह र दिगम्बर यादव सहित चार जना मधेशी मोर्चाका कार्यकर्ताहरुको निर्मम हत्या गरिएको छ र दर्जनौंलाई घाइते बनाएको छ । यस भयावह घटनाले पार्टी स्तब्ध भएको छ ।”
२४ फागुनमा निकालिएको विज्ञप्तीको अन्तमा भनिएको छ, “अन्ततः, हाम्रो पार्टी वर्गीय, जातीय तथा क्षेत्रीय सहित सवै विभेद एवम् उत्पीडनको अन्त्यका साथै राष्ट्रियता, जनतन्त्र र जनजीविका समस्याहरुको समाधानार्थ संघीय जनगणतन्त्रको स्थापनाका लागि संघर्षको वाटोमा दृढतातापूर्वक अगाडि बढ्न सबै देशभक्त, जनवादी र वामपन्थी शक्तिहरुसित विशेष अनुरोध गर्दछ ।”