पूर्वराजा ज्ञानेन्द्र र राष्ट्रपति विद्या भण्डारी एउटै कार्यक्रमका अतिथि

पूर्वराजा ज्ञानेन्द्र र राष्ट्रपति विद्या भण्डारी एउटै कार्यक्रमका अतिथि

काठमाडौं । गणतन्त्र नेपालका दोस्रो राष्ट्रपति विद्या भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाह एउटै कार्यक्रममा अतिथिको रुपमा सहभागी हुने भएका छन् ।

आज नवलपरासीको देवचुली नगरपालिका–२ दुम्कौलीमा चौधरी ग्रुपले निर्माण गरेको शाश्वत धामको उद्घाटन र धर्मसभामा सहभागी हुन राष्ट्रपति भण्डारी र पूर्वराजा शाह जान लागेका हुन् ।

राष्ट्रपति र पूर्वराजा एउटै सार्वजनिक कार्यक्रममा सहभागी हुन लागेको यो पहिलो पटक हो । चौधरी गु्रपका संस्थापक विनोद चौधरीको पहलमा दुवै जनालाई आमन्त्रण गरिएको हो ।

कार्यक्रमअनुसार शाश्वत भवनको राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने सर्वधर्म सभामा पूर्वराजा विशिष्ट अतिथिको रुपमा रहनेछन् ।