रियल मड्रिड र बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाईनलमा

रियल मड्रिड र बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाईनलमा

काठमाडौं । स्पेनिस फुटबल क्लव रियल मड्रिड र जर्मन क्लब बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

इंग्ल्याण्डको आर्सनल र ईटालीको नापोली भने अन्तिम १६ बाट नै बाहिरिएका छन् । मंगलबारराति भएको प्रि क्वाटरफाईनलको दोस्रो लेगको खेलमा रियल मड्रिडले ईटालीको नापोलीलाई ३–१ ले हरायो ।

रियाल मड्रिडको जितमा सर्जियो रामोस र अल्भारो मोराटाले एक एक गोल गरे भने नापोलीका ड्रायर मर्टीन्सले एक आत्माघाति गोल गरे । दोस्रो लेगमा हात पारेको यो जीतसँगै रियल मड्रिड समग्रमा ६–२ ले विजयी हुँदै क्वाटरफाईनलमा पुगेको हो ।

च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति नै भएको अर्को खेलमा जर्मनीको बायर्न म्युनिखले इंग्लण्डको आर्सनललाई ५–१ ले हरायो ।

आर्सनलको घरेलु मैदानमा बायर्न म्युनिखलाई शानदार जित दिलाउन अलेक्सिस भिडालले दुई गोल गरे भने रोबर्ट लेवान्डोस्की, आर्यन रोबेन र डग्लुस कोष्टाले एक एक गोल गरे । आर्सनलका लागि थियो वाल्कोटले एक गोल गरेका हुन् ।

जितसँगै बायर्न म्युनिख समग्रमा १०–२ को विशाल गोल अन्तरमा विजयी हुँदै क्वाटरफाईनलमा पुग्दा आर्सनल प्रतियोगिताबाट बाहिरिएको छ ।

च्याम्पियन्स लिग फुटबलमा बुधबार राती दुई खेल हुनेछन् । बुधबार बार्सिलोना र पेरीस सेन्ट जर्मेन (पीएसजी) भिड्दा बोरुसिया डर्टमण्डले बेनिफिकासँग खेल्नेछ ।