काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा चेल्सीले वेष्ट ह्याम युनाईटेडलाई हराउँदै उपाधीको दौडमा थप बलियो बनेको छ ।
वेष्ट ह्यामको घरेलु मैदानमा भएको लण्डन डर्बीमा चेल्सी २–१ ले विजयी भएको हो ।
खेलमा चेल्सीलाई विजयी गराउन डिएगो कोष्टा र एडिन हाजार्डले एक–एक गोल गरे । वेष्ट ह्यामका म्यानुअल लान्जीनीले एक गोल फर्काए ।
यो जितसँगै चेल्सीले अंक तालिकामा दोस्रो स्थानको टोटनह्यामसँगको दूरी १० अंक कायम गरेको छ । २७ खेलबाट चेल्सीको ६६ अंक छ भने समान खेलबाट ५६ अंक जोडेको टोटनह्याम दोस्रो स्थानमा छ ।






























