काठमाडौं । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको चेल्सीमाथि टोटनह्याम र म्यान्चेस्टर सिटीले दबाब बढाउँदै लगेका छन् ।
आइतबारराति भएको खेलमा टोटनह्यामले एभर्टनमाथि ३–२ को जित निकाल्दै चेल्सीसँगको अंक दुरी घटाएको छ ।
टोटनह्यामको जितमा ह्यारी केनले २ र डेले अलीले १ गोल गरे । एभर्टनका लागि रोमेलु लुकाकु र इनर भ्यालेन्सियाले एक एक गोल गरे ।
आइतबार राति नै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई २–० ले हराउँदै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
सिटीको जितमा सर्जियो अग्युरो र लिरोय सेनले गोल गरे । ४२ औं मिनेटमा अग्युरोले गोल गरेपछि पहिलो हाफमा सिटीले १–० को अग्रता लियो । ५९ औं मिनेटमा सेनले गोल गर्दै सिटीको २–० को जित सुनिश्चित गरे ।
आइतबाररातिका खेलपछि टोटनह्याम २७ खेलबाट ५६ अंक सहित दोस्रो स्थानमा छ भने एक खेल कम खेलेको सिटी ५५ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । चौथो स्थानमा झरेको लिभरपुलको २७ खेलबाट ५२ अंक रहेको छ ।