काभ्रे–काठमाडौं जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चको गरियो पुनर्गठन

काभ्रे–काठमाडौं जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चको गरियो पुनर्गठन

काठमाडौं । काभ्रे–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चको पुर्नगठन गरी संयोजकमा रमेश ढकाल र सचिवमा भोजबहादुर स्याङ्तान सहित ४१ सदस्यीय कमिटि निर्माण गरिएको छ ।  

ललितपुरको कुपण्डोलमा शनिबार गरिएको भेलाले उक्त कमिटिको सदस्यहरुमा ढोग प्रशाद अधिकारी, प्रेम तामाङ, असल पाख्रिन, रामचन्द्र गुमागाई, बुद्धिसिंह तामाङ, असलमान तामाङ, बम बहादुर लामा, बिराज बर्देवा, अशोक श्रेष्ठ, सुक बहादुर लामा, लोक बहादुर विक, मानबहादुर तामाङ, नरहरि चौलागाई, टेक बहादुर तामाङ, रुपक थापा, सन्तोष सापकोटा, बिरेन्द्र लामा, बोरसमान लामा, गणेश थिङ्ग, उद्धब ढकाल, बिष्णु ढुंगाना, सुजन ढकाल, मंगल तामाङ, शुरेस तामाङ, गणेश तामाङ, दलबहादुर श्रेष्ठ, राजकुमार मोक्तान, राजु ढकाल, राजन ढकाल, मुक्ति गौतम, मुकुन्द ढकाललगायतलाई चयन गरेको छ ।

त्यसैगरी भेलाले दिनेश शर्मा, इश्वर तिमल्सिना, एकनाथ चौलागाई, हजारसिंह लामा, लक्ष्मी मुडभरी, निमा दोर्जे लामा लगायत नेताहरुको एक सल्लाहकार समिति पनि बनाएको छ ।

भेलामा क्रान्तिकारी माओवादीका केन्द्रीय सचिवालय सदस्य तथा नेवाः संयोजक दिनेश शर्मा, पार्टीका केन्द्रीय सल्लाहकार सचिव दीर्घ पाण्डे, पार्टी केन्द्रीय सदस्य कान्छाराम तामाङ, सल्लाहकार एकनाथ चौलागाई, हजारसिंह तामाङ, खगेन्द्र छन्त्याल, जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चका केन्द्रीय संयोजक हरिकृष्ण गजुरेल, तारामुमोका संयोजक निमादोर्जे लामा, देजमोका केस गोपाल घिमिरे, कुमार भट्टराई लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।