वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्षको राष्ट्रपति निर्वाचनको ठीक पहिले तत्कालीन राष्ट्रपति बाराक ओबामाले उनको न्युयोर्कस्थित कार्यालयमा फोन ट्यापिङ गराएको आरोप लगाएका छन् ।

उनले यो घटनालाई ‘वाटरगेट’ घटनासँग तुलना गरेका छन् । ट्रम्पले ट्विट गर्दै ओबामामाथि यो आरोप लगाएका हुन् ।

यद्यपि उनले आफ्नो दाबीलाई लिएर कुनै ठोस प्रमाण भने पेश गरेका छैनन् ।

उनले लेखेका छन्, ‘यो डरलाग्दो हो, अहिले यो पत्ता लाग्यो कि ओबामाले हाम्रो जितको ठीक पहिले ट्रम्प टावरमा फोन ट्यापिङ गराएका थिए । केही पत्ता भने लागेन ।’

उनले चुनावअघि राष्ट्रपति उम्मेदवारको फोन ट्यापिङ गर्नु वैध हो भनेर प्रश्न समेत गरेका छन् ।

अदालतले उनको यस्तो दावीलाई यसअघि नै अस्वीकार गरेको थियो । फेरि उनी यस्तो घटनाका विषयलाई लिएर तल्लो स्तरसम्म झरेर बयान दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार