पोखराको सस्तो बजारका व्यावसायीहरुको प्रतिरोध आन्दोलनप्रति क्रान्तिकारी माओवादीको ऐक्यबद्धता

पोखराको सस्तो बजारका व्यावसायीहरुको प्रतिरोध आन्दोलनप्रति क्रान्तिकारी माओवादीको ऐक्यबद्धता

पोखरा । पोखराको सस्तो बजारमा २१७ वटा स्टल राखी खुद्रा व्यवसाय गर्दै आएका स्वरोजगार व्यावसायीहरुलाई हटाउन विचौलिया(गुण्डा)हरुले खडा गरेको आतंकका विरुद्ध नेकपा (क्रान्तिकारी माओवादी) खडा भएको छ । व्यावसायीहरुमाथि भएको ज्यादतीका विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै करिब महिना दिनदेखि स्वरोजगार व्यावसायीले विचौलियका विरुद्ध जारी राखेको प्रतिरोध आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गरेको छ र भनेको छ– “सस्तो बजारका व्यवसायीहरु र पोखरा सस्तो बजार व्यवस्थापन समितिको माग र आन्दोलनप्रति हाम्रो पार्टीको एक्यवद्धता र समर्थन रहेको छ । राज्यले सस्तो बजारको व्यवसायीहरुलाई न्याय देओस् र गुण्डा आतंक नियन्त्रण गरोस् ।” क्रान्तिकारी माओवादीका कास्कीका सेक्रेटरी भीमबहादुर श्रीस मगरले शुक्रबार एक विज्ञप्ती जारी गर्दै व्यावसायीहरुको प्रतिरोध आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गरेका हुन् ।

क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी श्रीस मगरले जारी गरेको विज्ञप्तीमा भनिएको छ, “२०६९ सालमा सुन्दर पोखरा र फुटपाथ व्यापार निषेध पोखरा बनाउन सडक पेटिमा आÏनो सानो व्यवसाय गर्दै आएका व्यापारीहरुलाई जिल्लामा क्रियाशिल सबै राजनैतिकदल, जिल्ला प्रशासन कार्यलय, पोखरा उद्योग वाणिज्य संघ, पोखरा उप–महानगरपालिका, पोखरा उपत्यका नगर विकास समितिको सहयोगमा पोखरा–९, नया“ बजारमा रहेको नेपाल वायुसेवा निगमको जग्गामा मासिक भाडा तिर्ने गरी बस्ने निर्णय भए अनुसार २१७ वटा स्टल राखेर एउटै छानामुनि स्वरोजगार व्यवसायीहरुले आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका छन् । नेपाल वायूसेवा निगमले शुरुका दिनमा कृष्ण प्रसाद श्रेष्ठ मार्पmत् मासिक रु.३०,०००।– भाडा बुझ्दै आएको र पछिल्लो दिनमा सामान्य रुपमा मात्र भाडा बढेको देखिएको थियो तर नेपाल वायूसेवा निगमले २०७२ चैत्र मसान्तमा कृष्ण प्रसाद श्रेष्ठस“ग गरिएको सम्झौताको समय सकिएर नया“ सम्झौताको लागी काम थाल्ने वित्तिकैबाट सस्तो बजारमा अशान्ति मच्चिएको अवस्था छ । हामीलाई जानकारी भए अनुसार सस्तो बजारमा “पोखरा सस्तो बजार व्यवस्थापन समिति” पनि निर्माण भएको छ । बजार स्थापना भएदेखि नै यस व्यवस्थापन समितिले व्यवसायीहरुको हक, हित, सुरक्षा र सुविधाको क्षेत्रमा अत्यन्तै उच्च भूमिका निर्वाह गर्दै आइरहेको छ । व्यवसायी, नेपाल वायूसेवा निगम, ठेकेदारहरु बिच वेलाखबत उत्पन्न हुने अन्तरविरोधहरु ठिक–ठिक ढंगले व्यवस्थापन गर्ने कुरामा व्यवस्थापन समिति कूशल नै देखिएको थियो । बजारभित्र पानी, बत्ति, पार्किङ्ग आदि सवालमा व्यवस्थापन समितिको नेतृत्व निकै प्रभावकारी रहेको प्रमाणित भएकै छ । यसै वर्षको कार्तिक ८ गते पहिलो पटक र मंसिर १ गते दोस्रो पटक “स्टल बुकिङ्ग सम्बन्धमा” भन्ने व्यहोराको व्यवासायीहरुलाई आतांकित पार्ने गरी “सुर्यदिल ग्रुप इन्भेष्टमेन्ट कम्पनी प्रा.लि. काठमाण्डौ“को तर्पmबाट पूर्ण बहाुदर पाठक र टंक प्रशाद खतिवडाको नाममा पत्र पठाइएको अवस्था पनि सस्तो बजारमा श्रृजना हुन पुग्यो । एकै पटक तीन गुणा भाडा बढाएर बुझाउन आउनुपर्ने त्यति मात्रै नभएर नया“ सम्झौता गर्दा स्टल बुकिङ्ग मार्पmत ५०,०००।– अग्रिम भुक्तानी दिनुपर्ने धम्कि पत्र प्रत्येक व्यवसायीलाई चुल्ठे, मुन्द्रे प्रयोग गरी जबरजस्ती थमाइयो । यस पछिका दिनबाट नै व्यवसायीहरुमा आतंक र आक्रोश पैदा भएको अवस्था हो । वायूसेवा निगम पोखराका क्ष्ँेत्रिय प्रमुख विजय बस्नेत, युवराज खतिवडा र टंक खतिवडाले फाल्गुण महिनाको शुरुवाति बाट सस्तो बजार क्ष्ँेत्रमा गुण्डाहरु परिचालन गर्दै “यो बजार हाम्रो हो कि हामीले तोकेको भाडा र धरौटी रकम बुझाउ नत्र बजार छोड” भन्दै दिनदिनै हुलदङ्गा मच्चाउ“दै आइरहेको अवस्था छ । यस विचमा “पोखरा सस्तो बजार व्यवस्थापन समिति”ले व्यवसायीहरुले शान्तिपूर्ण र स्वतन्त्रपूर्वक व्यवसाय सञ्चालन गर्न पाउ“ भनि मिति २०७३÷११÷०८  र  २०७३÷११÷१५ दुई पटक सहयोगको अपिल गर्दै प्रेश विज्ञप्ति जारी गरिसकेको छ । “पोखरा सस्तो बजार”का व्यवसायी सा“च्चिकै मर्कामा परेको अवस्था हो भन्ने हाम्रो पार्टीको ठहर छ ।”