एजेन्सी । चीन र भारतबीच द्विपक्षीय सम्बन्ध विस्तार तथा क्षेत्रीय विकासका लागि एकजुट भएर अगाडि बढ्न सहमति भएको छ ।
चीनको राजधानी वेइजिङमा भएको द्वीपक्षिय वार्ताको क्रममा दुई देशबीच सम्बन्ध विस्तार तथा बहुपक्षीय कुटनीति तथा आतंकवाद विरुद्ध संयुक्त रुपमा अगाडि बढ्ने सहमति भएको हो ।
भारतीय विदेश सचिव एस जयशंकरको चीन भ्रमणका क्रममा भएको द्विपक्षीय वार्तामा दुई देश क्षेत्रीय विषयमा समान धारणा बनाएर अगाडि बढ्न सहमत भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
भारतले दक्षिणी क्षेत्रको विकासका लागि ब्रिक्सको भूमिकाको बारेमा कुरा उठाएको जयशंकरले जनाएका छन् । भारतले संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा मसुद अजहरलाई आतंकवादीको सूचीमा समावेश गर्न सहयोग गर्न चीनलाई आग्रह गरेको छ ।
यसैबीच द्विपक्षिय वार्तामा भारतलाई सांघाई सहयोग संगठनमा सदस्यको रुपमा प्रवेशको विषयमा छलफल भएको छ । यस विषयमा चीन सकरात्मक भएको जनाइएको छ । यस संस्थामा भारत अहिले सम्म प्रयवेक्षकको रुपमा सहभागी हुँदै आएको छ ।
यसैबीच दुई देशबीचको आर्थिक तथा व्यापार साझेदारीका लागि संयुक्त आर्थिक समूहको बैठकले कार्ययोजना बनाउने सहमति भएको छ । त्यस्तै दुई देशवीच प्रवुद्ध समूहको बैठक यसैवर्षमा गर्ने प्रारम्भिक रुपमा सहमति भएको विदेशसचिव जयसंकरले बताएका छन् ।