उत्तर कोरियाली नेता किम जोंग उनका दाजुको फिल्मी शैलीमा हत्या

उत्तर कोरियाली नेता किम जोंग उनका दाजुको फिल्मी शैलीमा हत्या

एजेन्सी । उत्तर कोरियाली नेता किम जोंग उनका सौतेला दाजुको मलेसियाको विमानस्थलमा हत्या भएको छ ।

दक्षिण कोरियाली टिभी च्यानलले किम जोंग नेमको क्वालालम्पुर विमानस्थलमा दुई महिलाले बिष दिएर हत्या गरेको जनाएको छ । ती दुई जना महिला पनि उत्तर कोरियाली नै भएको बताइएको छ ।

यद्यपि यो घटनाको अहिलेसम्म स्वतन्त्र पुष्टि हुन सकिरहेको छैन । मलेसियाली प्रहरीले यस खबरको पुष्टि गर्दै विमानस्थलबाट उत्तर कोरियाली व्यक्तिलाई हस्पिटल लैजाने क्रममा मृत्यु भएको पहिचान खुलासा भइनसकेको जनाएको छ ।

दक्षिण कोरियाली सरकारी समाचार एजेन्सी योनहापका अनुसार ४५ वर्षीय किममाथि दुई महिला एजेन्टले विशालु सुइले हमला गरेर भागेका थिए ।

किम जोंग नेमको मृत्यु भएको पुष्टि भएमा उनी सन् २०१३ मा किम जोंग उनले प्रभावशाली रहेका फुपाजु जोंग सोंग थेकको मृत्युदण्डपछि मारिने सबैभन्दा ठूला उत्तर कोरियाली व्यक्ति हुनेछन् ।

किम जोंग नेम उत्तर कोरियाका पूर्व नेता किम जोंग इलका सबैभन्दा जेठा छोरा हुन् । उनी विदेशमा नै र मुख्यगरी मकाउमा बस्नै आएका थिए । योनहापका अनुसार उनकी आमा दक्षिण कोरियाली एक अभिनेत्री थिइन् जसको मस्कोमा मृत्यु भएको थियो ।

किम जोंग इनले उनकी आमासँग विवाह गरेका थिएनन् । उनका बाबु किम जोंग इलले १९९४ देखि २०११ सम्म उत्तर कोरियाको नेताको रुपमा शासन सम्हाले ।

किम जोंग नेमको हत्याको प्रयास यसअघि पनि भएको बताइएको छ छ । सन् २०१२ मा दक्षिण कोरियामा समातिएका उत्तर कोरियाली एक जासुसले किमको एक सडक दुर्घटना गराएर हत्या गर्ने षढ्यन्त्र रचेको स्वीकार गरेको दक्षिण कोरियाले दाबी गरेको थियो ।

सन् २००१ मा किम जोंग नेम जाली पासपोर्टबाट जापान जाने कोशिस गरेको भन्दै पक्राउ परेका थिए । उनलाई किम जोंग इलका सम्भावित उत्तराधिकारीको रुपमा लिने गरिन्थ्यो । सोही घटनापछि उनी ओझेलमा परेको बताइन्छ ।