काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल काठमाडौं अन्तर्गत टोखा नगर समिति गठन भएको छ ।
बसुन्धरामा भएको एक भेलाले रामशरण गिरीको संयोजकत्वमा १५ सदस्यीय नगर समिति गठन गरेको हो ।
समितिको सहसंयोजकमा गोपाल कार्की, सचिवमा बद्री नेपाल र सदस्यहरुमा जय बहादुर बिक, इन्द्रमान सिर्पाइली, विज्ञान नेपाल, सुमित्रा न्यौपाने, भैरव थापा, बाबुलाल गोले, लक्षमण थारु, लालु यादव, बेद रसाईलीलगायत रहेका छन् ।
भेलामा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य तथा काठमाडौं ईन्चार्ज सुरेश श्रेष्ठ, केन्द्रिय सदस्य तथा काठमाडौं जिल्ला संयोजक शारदा महत तथा केन्द्रिय सदस्य तथा देजमो काठमाडौंका अध्यक्ष किरण शाहीको बिशेष उपस्थिति रहेको थियो ।
यसैगरी पार्टीको केन्द्रिय सल्लाहकार तथा देजमो केन्द्रिय सदस्य खगेन्द्र छन्त्याल, पार्टीको टोखा नगर ईन्चार्ज उत्तर राई, संयोजक केशर प्रधान, देजमो काठमाडौंका सह–संयोजक कपिल पुन र विद्यार्थी नेताहरु फडिन्द्र कार्की र ज्ञानु खतिवडाको समेत उपस्थिति रहेको थियो ।