विचौलियाले पोखराको सस्तो बजार हटाउन खोजेपछि झडप

विचौलियाले पोखराको सस्तो बजार हटाउन खोजेपछि झडप

पोखरा । बर्षैदेखि चल्दै आएको पोखराको सस्तो बजार स्थानीय विचौलियाहरुले हटाउन खोजेपछि साना व्यापारी र विचौलियाबीच झडप भएको छ ।

साना व्यापारी तथा मजदुरहरुले स्वरोजगारको रुपमा करोडौंको लगानी गरेर संचालनमा ल्याएको सस्तो बजार हटाउन प्रशासनको आडमा विचौलियाहरुले स्वरोजगार व्यावसायीहरुमाथि हस्तक्षेप गर्न थालेपछि दुवै पक्षबीच झडप भएको छ । झडमा केही स्वरोजगार व्यवसायीहरु घाइते भएको घटनास्थलबाट पीडितहरुले जानकारी दिएका छन् ।

स्थानीय बुद्धिजीवि, मानवअधिकारवादी संघसंस्था र केही राजनीतिक पार्टीहरुले स्वरोजगार व्यावसायीहरुको वैकल्पिक व्यवस्थाविना सस्तो बजार हटाउन नहुने बताउँदै आएका छन् भने पीडितहरुले आफूहरुको रोजीरोटी खोसिन लागेकोले उनीहरुले न्यायका निम्ति स्थानीय प्रशासन, राजनीतिक पार्टीलगायत सम्बन्धित संघसंस्थासँग बोलिदिन आग्रह गर्दै आएका छन् ।

त्यही आग्रहलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य नारायण अधिकारीले एक विज्ञप्ती निकालेर सस्तो बजार हटाउने प्रक्रियाको विरोध गरेको छ र भनेको छ, “सस्तो बजारको व्यावसायीमाथि मच्चाइएको दलाल आतंक र यहाँभित्रको भ्रष्टाचारको अत्य गर्न पत्रकार, मानवअधिकारकर्मी, नागरिक समाज र सम्पूर्ण सरोकारवाला सबै बोल्नुपर्छ ।”