नियमावली संशोधन गरी निमित्त प्रहरी प्रमुखको जिम्मा एआईजी डा.पोखरेललाई

नियमावली संशोधन गरी निमित्त प्रहरी प्रमुखको जिम्मा एआईजी डा.पोखरेललाई

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रहरी नियमावली संशोधन गरेर एआईजी डा.दिनेशचन्द्र पोखरेललाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ । तेस्रो बरियताका डीआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय सर्वोच्चले तत्काललाई रोक लगाएपछि पोखरेललाई निमित्त प्रहरीको जिम्मेवारी दिइएको हो ।

सोमबारबाट महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित ९ जना एआईजीले अवकाश पाएपछि सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले चन्दलाई महानिरीक्षक बनाउने निर्णय गरेको थियो । तर, सर्वोच्चले अन्तरिम आदेश दिदै यो निर्णय तत्काललाई रोक्न भनेपछि सरकारले निमित्त प्रहरी प्रमुखको जिम्मेवारी पोखरेललाई दिएको हो ।

प्राविधिक तर्फका एआईजी पोखरेललाई प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर हुन् ।

देशको सुरक्षा अंगभित्र भएको राजनीतिक स्वार्थको खिचातानी, कमिसनको बढ्दो चलखेलले प्रहरीको व्यावसायिक क्षमतामा ह«ास ल्याउने र प्रहरीका हाकिमहरु मुलुक र मुलुकको व्यवस्थाप्रति जवाफदेही नभएर दल र दलका नेताहरुप्रति जवाफदेही हुने सार्वजनिक टिप्पणी प्रहरीकै डिआइजीहरुले गर्ने गरेका छन् । सुरक्षाजस्तो संवेदनशिल अंगमा गरिएको खुल्लेआम राजनीतिले प्रहरी प्रशासनभित्र दल र दलका नेताहरु, मन्त्रीको चाकडी गर्ने, कमिसन, भ्रष्टाचारमा होडबाजी चल्ने जस्ता विकृतिले नराम्ररी डेरा जमाउन पुगेको छ ।