एजेन्सी । अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्ने आप्रवासीहरुलाई त्यहाँको होमल्याण्ड सेक्यूरिटी एजेन्सीले पक्राउ गर्न सुरु गरेको छ । न्युज एजेन्सीहरुका अनुसार गएको साता मात्र छ सय जनलाई विभिन्न ११ राज्यमा पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।
द न्यूयोर्क टाइम्सका अनुसार न्यूयोर्क सीटी क्षेत्रमा मात्र ४० जनालाई पक्राउ गरिएको कानुन कार्यन्वयनमा खटिएका अधिकारीहरुले उल्लेख गरेको जनाएको छ ।
राष्ट्रपति ट्रम्पले भने गएको रात ट्वीटर मार्फत गैरकानुनी अपराधीहरुमाथि गरिएको धरपकड आफ्नो चुनावी अभियानकै कार्यन्वयन उल्लेख गर्दै ग्याङ सदस्यहरु, लागु पदार्थका कारोबारी र अन्यलाई हटाइने उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर