
एजेन्सी । स्वीडेनमा आइतबार बलात्कारमा संलग्न तीन जनालाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ ।
एक महिलामाथि गरेको सामूहिक बलात्कारको भिडियो फेसबुकमा लाईभ अपडेट गरेको उनीहरु तत्कालै पक्राउ परेका हुन् ।




आइतबार बिहान स्वीडेनमा उप्पासलामा एक महिलाले प्रहरीमा आएर उनीहरुले फेसबुकको सीमित ग्रुपमा सामूहिक बलात्कारको भिडियो देखाएको जानकारी दिएकी थइन् ।
ति महिलाका अनुसार भिडियोको अन्तिममा एक व्यक्तिले ‘तिमीमाथि बलात्कार भयो’ भन्छन् र त्यसपछि हाँस्छन् । त्यसपछि प्रहरीले केही अन्य व्यक्तिले समेत सो भिडियो फुटेज हेरेका थिए । सो फेसबुक समूहमा हजारौं सदस्य रहेको खुलेको छ ।
प्रहरीले १९ देखि २५ वर्षका तीन व्यक्ति र एक महिलालाई अपार्टमेन्टबाट निकालेको जनाएको छ । उनीहरुलाई घटनास्थबाटै गिरफ्तार गरेको हो ।
भिडियो देखेपछि प्रहरीमा सम्पर्क गर्ने महिला २१ वर्षीय जोसेफिन लुंडग्रेन हुन । उनले स्वीडेनको एक पत्रिकालाई बलात्कारमा सम्पग्न मध्ये एक व्यक्तिसँग बन्दुक भएको बताएकी छन् ।
उनले सो भिडियो फेसबुक लाईभ ब्रोडकास्टमा करिब ६० हजारले प्रत्यक्ष हेरेका थिए भने केहीले भद्धा कमेन्ट समेत गरेका थिए । फेसबुकले लाइभ स्ट्रमिङको सुरुवात सन् २०१५ मा गरेको थियो ।
घटनास्थलको रिर्पोटिङका लागि सञ्चारमाध्यमहरुले समेत यसको नियमित प्रयोग गर्ने गर्दछन् । फेसबुकमा आफ्नो अनुभव धेरै मानिसमा प्रत्यक्ष रुपमा पु¥याउनका लागि समेत यसको प्रयोग गरिने भएपनि अपराध र हिंसाको समेत लाईभ स्ट्रमिङ भएको हो ।