काठमाडौं । नेपालले एएफसी एसियन कप फुटबलको छनोट खेल्ने अवसर पाएको छ ।
छनोट खेलमा नेपाल समूह एफमा परेको छ । छनोट चरणका खेलहरु भने चैत १५ गतेदेखि हुनेछन् । पहिलो खेलमा नेपालले फिलिपिन्समा ‘अबे’ खेलकारुपमा उसकै मैदानमा खेल्नेछ ।
अबुधाबीमा सोमबार भएको ‘ड्र’अनुसार नेपाल यमन, ताजिकिस्तान र फिलिपिन्स रहेको समूह ‘एफ’ मा परेको हो ।
मलेसियामा भएको सोलिडारिटी कप फुटबलको उपाधि जितेसँगै नेपालले छनोट खेल्ने मौका पाएको हो ।