चीनमा कडा एक बच्चा नीति अन्त्यपछि एकै वर्षमा बढ्यो जन्मदर

चीनमा कडा एक बच्चा नीति अन्त्यपछि एकै वर्षमा बढ्यो जन्मदर

एजेन्सी । चीनमा ‘एक बच्चा नीति’ अन्त्यपछि चीनको जनसंख्यामा तिव्र वृद्धि हुन थालेको छ । चीनमा गत वर्षको तुलनामा १३ लाख बढी बच्चा जन्मिएको जनाइएको छ ।

चीन सरकारको आँकडाअनुसार चीनमा गत वर्ष ८४ लाख भन्दा बढी बच्चा जन्मिएका छन् । यो संख्या सन् २०१५ को तुलनामा ११ प्रतिशत बढी हो ।

यद्यपि यो वृद्धिदर अनुमान गरिएभन्दा कम हो । गत वर्ष जन्मिएका बच्चामा करिब आधाजति उनीहरुका आमाबाबुका दोस्रो सन्तान हुन् । 

चीनले एक वर्षअघि एक सन्तान नीति अन्त्य गर्दै जनतालाई दुई बच्चा जन्माउने अनुमति प्रदान गरेको थियो ।

सन् १९७९ मा चीनले बढ्दो जनसंख्यालाई नियन्त्रण गर्न भन्दै एक बच्चा नीति लागु गरेको थियो । त्यसबेला चीनमा बच्चा जन्माउने दर अत्यन्त धेरै थियो । 

यो नीतिपछि चीनमा जनसंख्या वृद्धिदरमा भारी मात्रामा गिरावट आउनुका साथै सबैले छोरामात्रै जन्माउने प्रचलन बढेको थियो ।

जसका कारण गर्भपतन गराउनेको संख्या अत्याधिक हुनुका साथै जनसंख्यामा प्यापक असन्तुलन पैदा भएपछि एक सन्तान नीतिलाई अन्त्य गरिएको हो । 

चीनमा अहिले वृद्धहरुको जनसंख्यामा भारी मात्रामा वृद्धि भएको छ भने यी वृद्धलाई सहारा दिने छोराछोरी तथा युवाको संख्या कम भइरहेको छ ।

चीनले गत वर्ष यो नीतिलाई परिमार्जन गर्दै दुई सन्तानको नीति ल्याएपछि सन् २०१५ सम्ममा काम गर्नसक्ने युवाहरुको जनसंख्या ३ करोडभन्दा माथि हुने अनुमान गरेको छ ।