माक्र्सवाद भनेको कुनै जडसूत्र होइन, बरु कार्यमा पथप्रदर्शक हो । माक्र्सवादको सम्बन्धमा व्यक्त गरिने यो वाक्य एउटा महत्वपूर्ण कथन हो । यस भनाइले माक्र्सवादको वास्तविक सारतत्व तथा अन्तर्निहित चरित्र र त्यसको अभिप्राय तथा उपादेयतालाई व्यक्त गर्दछ । उक्त भनाइको तात्पर्य के हो भने माक्र्सवाद भनेको कुनै मृत विचार होइन, कुनै अपरिवर्तनीय वा अमूर्त सिद्धान्त होइन, कुनै शास्त्रवाद (scholasticism), अर्थात् शास्त्रीय चीज होइन । त्यसको पूरै विपरीत, माक्र्सवाद एउटा विज्ञान, सजीव विज्ञान हो, एउटा विकासशील विज्ञान हो । विज्ञानको रुपमा यसको निरन्तर विकास हुने गर्छ, ऐतिहासिक प्रगतिसँगसँगै यसको विकास भइरहेको छ । १९आंै शताब्दिको पाँचांै दशकमा प्रतिपादित यस सिद्धान्तले अहिलेसम्ममा अनकौं चरण वा खुड्किलाहरु पार गरिसकेको छ (उदाहरणार्थ, लेनिनवाद, माओ विचार, आदि), र यो ऐतिहासिक तथ्य स्वयं नै त्यसको वैज्ञानिकताको एउटा ठोस प्रमाण हो । माक्र्सवाद एउटा जीवन्त सिद्धान्तगत प्रक्रिया हो, जसले श्रमजीवि मानवजातिको क्रान्तिकारी व्यवहारको एउटा सशक्त हतियारको हैसियतबाट आफूलाई क्रियाशील पार्दै र सो व्यवहारसँगसँगै आफूलाई विकसित गर्दै र त्यसबाट प्राप्त महत्वपूर्ण ऐतिहासिक अनभुवका निचोडहरुबाट आफूलाई समृद्ध पार्दै अघि बढिरहेको छ ।
ससांरको क्रान्तिकारी रुपान्तरण गर्ने, अर्थात् शोषण—व्यवस्थाको लासमा वर्गहीन, कम्युनिष्ट समाजको निर्माण गर्ने विश्व सवर्हारावर्गको महान लक्ष्यको लागि चलाइने संघर्षको एउटा अचूक हतियारको रुपमा यसको स्थितिको प्रमाणीकरण भइसकेको छ । माक्र्सवाद एउटा विशाल तथा समृद्ध ज्ञान—भण्डार हो, र यसले संसारमा ठूल—ठूला क्रान्तिकारी उथलपुथल, युगान्तकारी परिवर्तनहरु पैदा गर्ने तागत आपूmभित्र बाकेको तथ्यलाई जीवन र व्यवहारले सावित गरिसकेको छ । बीसांै शताब्दिमा घटेका महान अक्टोबर समाजवादी क्रान्ति, महान चिनियाँ जनक्रान्ति, आदि ऐतिहासिक घटनाहरु त्यसकै क्रान्तिकारी पे्ररणा तथा गति—शक्ति र सैद्धान्तिक पथप्रदर्शनमा भएका थिए । त्यस्तै, हाम्रो आफ्नै मुलुकमा नेकपा (माओवादी) को नेतृत्वमा संचालित दशवर्षे जनयद्ध, त्यसकै प्रेरणा र पथप्रदर्शनमा भएको थियो । यसरी, उपरोक्त तथ्यहरुबाट स्वाभाविक रुपले निस्कने एउटा निष्कर्ष के हो भने माक्र्सवादको जीवन्तता, प्रभावकारिता, तथा उदोदयता त्यसबेलामा अधिक खुलस्त हुन्छ, जब त्यसलाई वस्तुगत यथार्थताको अनुसन्धान र बुझाइको काममा र साथै समाजको क्रान्तिकारी रुपान्तरणको काममा उपयुक्त ढंगबाट प्रयोग गरिन्छ । माक्र्सवादमा ठूलो शक्ति अन्तर्निहित छ, र सो शक्तिले माथि—उल्लेखित कामहरुमा आफ्नो वास्तविक अभिव्यक्ति हासिल गर्छ । माक्र्सवादलाई पथप्रदर्शकको रुपमा जान्न—बुझ्नका लागि, त्यसलाई विज्ञान, कला तथा व्यवहार र कार्यवाहीको रुपमा लिनु आवश्यक छ । माक्र्सवादलाई सिद्धान्त, व्यवहार र जीवन—पद्धतिको रुपमा ग्रहण गरेर मात्र, पथप्रदर्शनको रुपमा त्यसको अन्तर्निहित तागत र महत्वलाई स्पष्टसित बुझ्न सकिन्छ । यसबारे सारांशमा चर्चा गरांै । विज्ञानको रुपमा माक्र्सवाद भन्नुको तात्पर्य त्यसलाई एउटा वैज्ञानिक सिद्धान्तको रुपमा लिनु हो । विज्ञान भन्नाले हामीले के बुझ्नुपर्छ ? विज्ञानले अवलोकन, अनुसन्धान तथा प्रयोगको आधारमा स्थापित व्यवस्थित ज्ञानको समष्टिलाई जनाउँछ— त्यो यस्तो ज्ञान हो, जसले खास व्यावहारिक समस्याहरुलाई बुझ्न र सुल्झाउनमा मद्दत गर्छ । विज्ञान भनेको मानिसको क्रियाकलापको यस्तो क्षेत्र हो, जसको मुख्य काम वस्तगुत यथार्थताबारे उपयुक्त ज्ञान हासिल गर्नु र सो ज्ञानलाई सैद्धान्तिक रुपले व्यवस्थित पार्नु रहन्छ । सो काम ठीक ढगंबाट गरेर त्यसले यथार्थताको एउटा वैज्ञानिक चित्र प्रस्तुत गर्दछ ।
विज्ञानको रुपमा माक्र्सवादले वस्तुगत संसारको वैज्ञानिक चित्र प्रस्तुत गर्ने भूमिका खेल्दछ । विज्ञानको रुपमा माक्र्सवाद दार्शनिक, आर्थिक तथा सामाजिक—राजनीतिक धारणाहरुको एउटा सिंगो व्यवस्था हो । यो प्रकृति, मानवीय समाज र मानवीय चिन्तनको विकासका नियमहरु, सामाजिक क्रान्तिसम्बन्धी नियमहरु र मानवजातिको मुक्तिसम्बन्धी नियमहरुसित सम्बन्धित विज्ञान हो । माक्र्सवादले यथार्थता र त्यसका परिघटना र प्रक्रियाहरुलाई चिन्तनमा प्रतिबिम्बित गर्दछ, र वस्तुगत संसारको वैज्ञानिक चित्र प्रस्तुत गर्छ । भौतिकवादी द्वन्द्ववाद, जुन त्यसको मूल तत्व र आधार हो, त्यो चिन्तनमा आत्मसात् गरिएको वस्तुगत संसार हो, आधुनिक युग हो । आधुनिक युगको वैज्ञानिक प्रतिबिम्बको हैसियतबाट त्यो संसारको एउटा अभिन्न अंग रहेको छ, जसले युगको वस्तुपरकता, चरित्र र अग्रगामी दिशालाई ठीकसित बुझ्नमा हामीलाई मद्दत गर्छ । वस्तुगत यथार्थता निरन्तर रुपले विकसित भइरहेको छ, र त्यसको वैज्ञानिक, सैद्धान्तिक प्रतिबिम्बको रुपमा माक्र्सवादको विकास हुनु स्वाभाविक र अनिवार्य छ । विभिन्न चरणमा त्यसको विकास भएकोे तथ्यलाई हामीले माथि उल्लखे गरेका छांै । माक्र्सवाद मानवीय ज्ञानको विशाल ज्ञान—भण्डार रहेको तथ्य सुस्पष्ट छ । विश्व सर्वहारावर्ग र त्यसका राजनीतिक प्रतिनिधि—संगठन कम्युनिष्ट पार्टीहरुको हातमा सामाजिक रुपान्तरणको कार्यमा सशक्त वैज्ञानिक अस्त्र रहेको तथ्यलाई त्यसले स्थापित गरेको छ । जो मानिसहरु वस्तुगत संसारलाई ठीकसित बुझ्ने र त्यसलाई जगैदेखि फेर्नेर्,े अर्थात् नौलो संसारको निर्माण गर्ने चाहना राख्छन्, उनीहरु आफ्नो निर्देशनका लागि माक्र्सवादतर्फ हेर्ने र लाग्ने गर्छन् । यो आधुनिक युगको एउटा महान सत्य हो । कलाको रुपमा माक्र्सवाद भनेको त्यसको प्रयोगसित सम्बन्धित कुरा हो । स्टालिनले माक्र्सवाद दुई खालको रहेको बताएका छन् ः जड्सूत्रवादी माक्र्सवाद र सिर्जनात्मक माक्र्सवाद । सच्चा कम्युनिष्टहरु निश्चय पनि सिर्जनात्मक माक्र्सवादको पक्षमा रहन्छन् । तर सिर्जनशील प्रयोगको नाउँमा माक्र्सवादबाट त्यसका क्रान्तिकारी तत्वहरुलाई हटाई त्यसलाई शोषकवर्गको स्वार्थमा भुत्ते पार्ने गरिएका अनेकौं घटनाहरु विभिन्न मुलुकहरुमा देखिनमा आएका छन् । यस्तो काम हाम्रो यहाँका संशोधनवादीहरुको तर्फबाट पनि हुँदै आएको छ । वास्तवमा यस्तो काम सिर्जनशीलता होइन, बरु विकृतीकरण वा भ्रष्टीकरण हो । कुनै पनि वैज्ञानिक सिद्धान्तको एउटा प्रमुख तत्व त्यसको तरिका (विधि) रहन्छ, र विधिशास्त्रको हैसियतबाट माक्र्सवादले कुनै परिघटना वा प्रक्रियालाई कुन रुपमा हेर्ने र कनु ढगं बाट त्यसको अनसुन्धान गर्ने भन्ने कुरा सिकाउँछ । यस दृष्टिबाट हेर्ने हो भने माक्र्सवाद भनको अनुसन्धान र चिन्तनको एउटा तरिका हो । यहाँ नै कलाको रुपमा माक्र्सवादको कुरा आउँछ । कलाको रुपमा माक्र्सवाद भन्दाखेरि त्यसको अर्थ यस्तो हुन्छ ः यो विशाल विविधता र परिवर्तनशीलतामा रहेका शक्तिहरुको जटिलताको विश्लेषण गर्ने एउटा प्रविधि, ढंग हो । हामी के देख्छांै भने ठोस सामाजिक यथार्थता निकै जटिल छ, र त्यसका थप्रै अन्तर्विरोधहरु, विभिन्न खालका समूहहरु, विभिन्न विशेषता बोकेका परिघटनाहरु विद्यमान छन् । यस्ता सारा विविधता र जटिलतामा सामाजिक यथार्थतालाई बुझ्ने हो भने, माक्र्सवादी सिद्धान्तलाई बुझेर मात्र पुग्दैन, बरु यथार्थताको बोध गर्ने प्रक्रियामा सो सिद्धान्तलाई कसरी ठीक ढगंबाट प्रयोग गर्ने भने पनि जान्नु पर्दछ । यो जान्नु भनेको सैद्धान्तिक बोध जस्तो होइन, बरु त्यसबाट सही परिणाम हासिल गर्नु पनि हो । तसर्थ, प्रयोगलाई त्यसको प्रभावकारिता र त्यसको हेतुकताको दृष्टिबाट हेरिने गरिन्छ । यसको लागि द्वन्द्वात्मक ढंगले सोच्नु र बोध—क्रियामा द्वन्द्वात्मक तरिकाको प्रयोग गर्नु आवश्यक छ । वस्तगुत यथार्थतालाई द्वन्द्वात्मक ढंगबाट बुझेर मात्र मानिसको चिन्तनले सही निष्कर्ष र परिणाम हासिल गर्न सक्नेछ । यथार्थतालाई चिन्तनमा उचित प्रतिनिधित्व यसरी मात्र प्राप्त गर्न सकिन्छ र माक्र्सवादी ढंगबाट सोच्ने कला भनेको यही हो । सही प्रतिबिनधित्व प्राप्त गर्नु भनेको एउटा ठूलो कला हो, माक्र्सवादी चिन्तनको कला हो । वैज्ञानिक सिर्जनशीलताको, सिद्धान्तको सिर्जनात्मक प्रयोगको वास्तविक अर्थ यही हो, जसमा विशाल गहनता, गतिशीलता र सप्रयोजनीयता रहन्छ । उपरोक्त कथन भौतिकवादी द्वन्द्ववादको प्रयोगको कुरा हो ।
विज्ञानको रुपमा माक्र्सवादबारे हासिल गरिएको समझदारीलाई तत्कालीन परिस्थिति र आफ्नो मुलुकका विशिष्ट अवस्थाहरुमा उचित तरिकाले र सिर्जनात्मक ढगं बाट लागु गर्ने कुरा कलातर्फको संक्रमण हो । माक्र्सवादले इतिहास र त्यसका अनुभवहरुको व्याख्या—विश्लेषणको आधारमा जुन सिद्धान्तहरुको प्रतिपादन गरेको छ, ती आपैmमा अन्तिम र निरपेक्ष होइनन् । यदि ती निष्कर्षलाई अहिलेका विशिष्ट अवस्थाहरुमा ठीकसित लागु गरिएन र अरु निष्कषर्हरुका लागि आधारमा फेर्ने गरिएन भने, ती निरर्थक रहन्छन् । यसरी, सिर्जनात्मक प्रयोग त्यसको जीवन्तता र सार्थकताको प्रमाण बन्दछ । त्यसैले, माक्र्सवादी सिद्धान्तलाई ठोस यथार्थताको अनुसन्धानमा र क्रान्तिकारी व्यवहारको सिलसिलामा उत्पन्न समस्याहरुको समाधानमा प्रयोग गर्नका लागि कलात्मक सिर्जनशीलताको आवश्यकता पर्छ । यो सिद्धान्त र व्यावहारिक कार्यवाहीबीचको सम्बन्ध हो ।
हामीलाई थाहा छ, सामाजिक जीवन झन्झन् जटिल र विविध बन्दै गइरहेको छ । ऐतिहासिक रंगमंचमा नयाँ नयाँ तत्वहरु निरन्तर रुपले देखा परिरहेका छन्, परिस्थितिमा निरन्तर परिवर्तन भइरहेको छ । नयाँ नयाँ सवाल, आकस्मिक रुपले घट्ने घटनाहरु, नयाँ जटिलताहरु, नसोचिएका कुराहरु निरन्तर यहाँ प्रवेश गरिरहेका छन् ।
त्यसले गर्दा, नौलो स्थिति र बदलिंदो वस्तुगत सम्बन्धहरुको गंभीर र विवेकपूर्ण ढंगले लेखाजोखा र व्याख्या विश्लेषण गर्नुपर्ने हुन्छ, र अनि सो लेखाजोखा र विशलेषणबाट जुन निष्कर्षहरु निस्कन्छन्, त्यसलाई कार्यनीतिको रुपमा फेर्नुपर्ने हुन्छ । त्यसको अर्थ हो– कलात्मक सिर्जनशीलताको खाँचो । वास्तवमा, सवाल जति बढी गंभीर र जटिल हुन्छ, द्वन्द्ववादी ढंगले त्यसको विशेषणको आवश्यकता त्यतिकै बढी मात्रामा रहन्छ । यसो गर्न सक्नुमा नै माक्र्सवादी सिर्जनात्मक क्षमता अभिव्यक्त हुन्छ ।
व्यवहारको रुपमा माक्र्सवाद त्यस सिद्धान्तको सबभन्दा महत्वपूर्ण र सबभन्दा प्रभावोत्पादक अंग हो । आफ्नो “फवारबाखसम्बन्धी प्रस्थापना”मा माक्र्सले लेखेका छन्, “दार्शनिकहरुले विभिन्न ढंगबाट संसारको व्याख्या मात्र गरेका छन्, तर मुख्य कुरा त त्यसलाई बदल्नु हो ।” त्यसलाई बदल्ने कुरा क्रान्तिकारी व्यवहारसित सम्बन्धित सवाल हो ।
बोधको रुपमा, अर्थात् मानवीय मनमा वस्तुगत प्रतिबिम्बको रुपमा सिद्धान्तले आफ्नो औचित्यलाई व्यवहारमार्पmत् सावित र पुष्टि गर्नुपर्छ । त्यसरी नै क्रान्तिकारी सिद्धान्तले वस्तुगत नियमअनुसार सामाजिक रुपान्तरणको उद्देश्यसहितको क्रान्तिकारी व्यवहारमार्पmत् आफ्नो वैज्ञानिकता र औचित्यलाई सावित गनुपर्छ । किनभने क्रान्तिकारी व्यवहार नै त्यस्तो उपाय हो, जसको मद्दतबाट पुरानो संसारको ठाउँमा नयाँ संसारको स्थापना गर्न सकिन्छ । यस दृष्टिबाट भन्ने हो भने, व्यवहार सिद्धान्तभन्दा श्रेष्ठ छ भन्न सकिन्छ, किनभने व्यवहार सिद्धान्तको औचित्यको प्रमाण हो, त्यसको जीवित तथा सक्रिय साविती हो, र किनभने व्यवहारमार्पmत मात्र सिद्धान्तले आपूmलाई वस्तुगत बनाउँछ र वास्तविक संसारमा आपूmलाई अभिव्यक्त गर्छ । वास्तवमा, सिद्धान्तले आपैmद्वारा आफ्नो औचित्यलाई सिद्ध गर्न सक्दैन, बरु त्यसले उचित रुपमा व्यावहारिक प्रक्रियाको प्रवाहमा आपूmलाई लगाएर र सही परिणाम पैदा गरेर आफूलाई ठीक ठह¥याउँछ । अर्काे शब्दमा, विचार (सिद्धान्त) लाई व्यवहारमा प्रक्षेपण गरिन्छ, व्यवहारद्वारा त्यसको परीक्षा गरिन्छ र अनि त्यसरी व्यवहारको सहायता र शक्तिमार्पmत् त्यसको जीवन्त शक्तिको प्रमाणीकरण हुन्छ । यसमा नै व्यवहारको महत्वपूर्ण र उच्च स्थान रहेको छ । उपरोक्त तथ्यमा हामी सिद्धान्त र व्यवहारको द्वन्द्वात्मक सम्बन्धलाई देख्न सक्छांै । व्यवहार सिद्धान्तको स्रोत हो, व्यवहारले सिद्धान्तलाई पैदा गर्छ । व्यवहारले निरन्तर रुपमा सिद्धान्तसामु नयाँ अनुभवहरु र नयाँ अभिभाराहरु प्रस्तुत गर्छ, र सिद्धान्तले सो अनुभवको सारसंक्षेपीकरण गर्छ र सो अभिभारालाई बुझे र त्यसलार्ई पुरा गर्ने बाटो र उपाय सुझाउँछ । यसरी, व्यवहार सिद्धान्तमा विस्तारित हुन्छ र सिद्धान्तले व्यवहारलाई विकसित र समृद्ध पार्छ र दिशानिर्देश गर्छ । व्यवहारअघि बढछ, विकसित र विस्ततृ हुन्छ, तर सिद्धान्त चुप लागरे बसेको हुँदैन, र त्यसले बदलिंदो स्थितिको मूल्यांकन र विश्लेषण गरेर उचित निष्कर्षहरु निकाल्छ, जसको निर्देशनमा व्यवहार अरु समृद्ध बन्छ । यहाँ सिद्धान्त र व्यवहार एक अर्काको विरोधी प्रवर्ग रहे पनि, ती एक अर्कासित निरन्तर अन्तक्र्रिया गरिरहने प्रक्रिया हुन् र यसमा नै सिद्धान्त र व्यवहारको द्वन्द्वात्मक एकता रहेको छ ।
माक्र्सवादमा महान सिद्धान्त र महान क्रान्तिकारी व्यवहारको अभिन्न एकताले मूर्तरुप लिएको तथ्यलाई इतिहास र जीवनले स्पष्टसित देखाइसकेको छ । महान सिद्धान्तको रुपमा त्यसमा महान क्रान्तिकारी—व्यवहारिक कार्यवाही पैदा गर्ने अन्तर्निहित सामथ्र्य छ र महान क्रान्तिकारी सामाजिक रुपान्तरणले त्यसलाई अरु समृद्ध, विस्तृत र विकसित गर्ने वस्तगुत स्थिति पैदा गर्छ । सारांशमा, विज्ञानको हैसियतबाट माक्र्सवादले वस्तुगत परिघटना र प्रक्रियाहरुलाई वस्तुगत रुपले प्रतिबिम्बित गर्छ, अर्थात् विचार, ज्ञान र दूरदर्शिता प्रदान गर्छ, र कलाको हैसियतबाट त्यसले सो ज्ञानलाई वस्तुगत अवस्थाहरुमा सिर्जनात्मक रुपले प्रयोग गरी त्यसलाई रणनीति र कार्यनीतिको भाषामा परिणत गर्दछ । व्यवहारको हैसियतले त्यसले क्रान्तिकारी परिवर्तनका लागि आवश्यक प्रचारात्मक, आन्दोलनकारी, सांगठानिक, आदि कामहरुको व्यवस्था गर्दछ, र यसरी त्यसले चहकिला सफलताहरु हासिल गर्दछ । यो एक इतिहाससिद्ध सत्य हो, र यसमा नै माक्र्सवादको क्रान्तिकारीता, प्रभावकारिता, उपादेयता र पथप्रदर्शनको सार्थकता रहेको छ । आफ्नो विकासको क्रममा माक्र्सवादले आपूmलाई सिंगो विश्व—दृष्टिकोण, प्रयोगात्मक सिर्जनात्मकता र क्रान्तिकारी जीवन—पद्धतिको मेलको रुपमा स्थापित गरेको छ । हामीले कुन तथ्यलाई देखिरहेका छांै भने माक्र्स र एन्जेल्सको महान सिद्धान्तले व्यावहारिक दृष्टिले आफ्नो बराबरी रुपमा महान, युगान्तकारी कार्यहरु र उच्च आदर्शहरु हासिल गरेको छ, र त्यो कुन अर्थमा भने त्यसको पथप्रदर्शनमा महान क्रान्तिहरु भएका छन् र मानव मुक्तिको उच्च तथा पवित्र लक्ष्यको लागि चलेको संघर्षमा असीम त्याग तथा बलिदान र महान वीरताका गौरवशाली दृष्टान्तहरु कायम भएका छन् । फिदेल क्यास्ट्रोको यस सम्बन्धमा महत्वपूर्ण भनाइ यस्ता छन् ः “पेरिस कम्युनदेखि हाम्रो समयसम्म, वीरता सँधैभरि सच्चा कम्युनिष्टहरुको विशिष्ट लक्षण रहेको छ । मानवजातिको सम्पूर्ण इतिहासभर, आत्मत्याग, ऐक्यबद्धता, निष्ठा, निस्वार्थता र आफ्नो न्यायसंगत लक्ष्यको लागि आफ्नो जीवन उत्सर्ग गर्ने तत्परतामा उनीहरुलाई कसलै पनि उछिन्न सकेका छैनन् । मानव इतिहासको विकासक्रममा अन्य कुनै पनि राजनीतिक विचारले यस्ता निष्ठावान ९यिथब०ि र निस्वार्थी उत्साहीहरु ९शभबयित० पाएको थिएन । मानिसद्वारा मानिसको हजारांै वर्ष पुरानो शोषणलाई विध्वंश पार्नका लागि भएका संग्रामहरुमा मानिसका सर्वोत्तम तथा शुद्धतम भावनाहरु अभिव्यक्त भए । …..जनताको भाग्यलार्ई फेर्ने खाँचो यथार्थमा यहिं, पृथ्वीमा रहेको थियो, र त्यसैले कम्युनिष्टहरु अरुहरुको सुखका लागि, आफ्नो लागि कुनै कुराको माग नगरिकन विनाहिच्किचाहट आफ्नो जीवनको उत्सर्ग गर्न तयार रहेका थिए ।” (ईगोर सवेत र इवान युदिनद्वारा लिखित “सोसंकपाका वैचारिक, राजनीतिक तथा सांगठनिक सिद्धान्तहरु”, अ.सं. पृष्ठ १४ बाट उद्धृत)
सार रुपमा भन्ने हो भने, विज्ञान, कला र व्यवहार (कार्यवाही) को रुपमा माक्र्सवाद एउटा सिंगो वैज्ञानिक सिद्धान्त हो । माक्र्सवादी विज्ञान, माक्र्सवादी सिर्जनात्मक चिन्तन र माक्र्सवादी क्रान्तिकारी व्यवहार एक आपसमा अभिन्न रुपमा गांसिएका छन् र यस रुपमा त्यसले समाजको आर्थिक—राजनीतिक—सांस्कृतिक, अर्थात् समग्र सामाजिक रुपान्तरण—प्रक्रियाको प्रतिनिधित्व गर्छ । अन्त्यमा, इतिहासद्वारा प्रमाणित एउटा तथ्य के छ भने माक्र्सवादी सिद्धान्तको निर्देशक भूमिका वस्तुगत यथार्थतासम्बन्धी मानिसहरुको ज्ञानलाई गहन पार्नमा र यथार्थतालाई बदल्ने तिनीहरुको संघर्षमा सहयोग पु¥याउनुमा रहेको छ । त्यसको गहन रुपमा र वैज्ञानिक ढगंबाट अध्ययन गर्ने विचारक तथा लेखकहरुले उक्त सिद्धान्तको मद्दतबाट आपूmले यथार्थ सामाजिक जीवनलाई राम्ररी बुझ्नसकेको र आफ्ना कार्यमा त्यसलाई अधिक फराकिलो रुपमा प्रतिबिम्बित गर्न सकेको बताएका छन् ।