काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका सुपरिचित नेता तथा माक्र्सवादी चिन्तक, लेखक, अनुवादक कृष्णदास श्रेष्ठ माओवादी केन्द्र परित्याग गर्दै नेकपा (क्रान्तिकारी माओवादी)मा फर्किएको पार्टी कार्यालय स्रोतले जनाएको छ । पार्टीले श्रेष्ठ र पूर्वसभासद् समेत रहेकी उहाँकी जीवनसंगिनी महालक्ष्मी श्रेष्ठ पनि पार्टीमा फर्किएको पार्टीपंक्तिमा सर्कुलर गरेको छ ।
तत्कालीन एमाओवादीसँग विद्रोह गरी मोहन वैद्य‘किरण’को नेतृत्वमा बनेको नेकपा–माओवादी गठन हुँदा किरणसँगै विद्रोह गरेका नेता श्रेष्ठ पछिल्लो पटक वादल समूहसँगै माओवादी केन्द्रमा गएका थिए । प्रचण्डले भारतीय विस्तारवादसँग २५ बुँदे राष्ट्रघाती सम्झौता गरेपछि माओवादी केन्द्रसँग असन्तुष्ट रहँदै आएका श्रेष्ठ प्रचण्ड नयाँ लेण्डुपे बन्न खोजेको भन्दै उनी क्रान्तिकारी माओवादीमा फर्किएको उनी निकटस्थ स्रोतले जनायो ।
कांग्रेस–एमालेको भन्दा पनि प्रतिगामी संसदवादी राजनीतिक लाइन, पार्टीभित्र मौलाउदो संस्थागत भ्रष्टाचारलगायतका गतिविधिले वाक्क भएका श्रेष्ठजस्तै अन्य इमान्दार र क्रान्तिप्रति लगाव राख्ने नेता कार्यकर्ताको ठूलो पंक्तिले पनि माओवादी केन्द्र छाड्ने तयारी गरेको स्रोतले दावी ग¥यो ।