काठमाडौं । जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चन्तर्गत काभ्रे जिल्लाको माझिफेदा गाविसबाट स्थायी वा अस्थायी रुपमा काठमाण्डौ उपत्यकामा आएर बसोबास गरिरहेकाहरुको एक भेलाले २९ सदस्यीय माझिफेदा–काठमाडौं गाउँ जनगणतान्त्रिक सम्पर्क मञ्चको कार्यसमिति र ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।

कार्यसमितिको संयोजकमा तिलक प्रसाद चौलागाईं, सहसंयोजकमा दलबहादुर श्रेष्ठ, सचिवमा भोजबहादुर स्याङतान, कोषाध्यक्षमा राजकुमार मोक्तान र सदस्यहरुमा रामकृष्ण चौलागाईं, राजन चौलागाई, प्रेम गौतम, अमनबहादुर आपागाईं, सिताराम परियार, सन्तोष परियार, विवश चौलागाई, विजय लामा, सिर्जना घिसिङ, विनोद योन्जन, जगतबहादुर श्रेष्ठलगायतलाई भेलाले चयन गरेको छ भने सल्लाहकार समितिको संयोजकमा दिनेश शर्मा र सदस्यहरुमा बमबहादुर लामा, असलमान लामा, मानबहादुर लामा, सोमबहादुर लामालाई छानेको छ ।

सोमबार भएको उक्त भेलामा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सचिवालय सदस्य दिनेश शर्माको प्रमुख आतिथ्यता रहेको थियो भने जनगणतान्त्रिक जिल्ला सम्पर्क मञ्चका केन्द्रीय संयोजक हरिकृष्ण गजुरेल, पार्टीका केन्द्रीय सल्लाहकार एकनाथ चौलागाई, बमबहादुर लामा, असलमान लामा, मानबहादुर लामा, सोमबहादुर लामालगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर