काठमाडौं । बेलायतमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध बिशाल प्रदर्शन भएको छ । अमेरिकाको निकट सहयोगी रहँदै आएको बेलायतमा ट्रम्पले पदभार ग्रहण गरेलगत्तै विरोध प्रदर्शन भएको हो ।
प्रदर्शनमा एक लाख सर्वसाधारण सहभागी अनुमान गरिएको छ । प्रदर्शनमा महिलाको संख्या सबैभन्दा बढी थियो । अमेरिकाको वासिंगटनमा भएको विमेन्स मार्च अन वासिंगटनको समर्थनमा बेलायतमा पनि प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा बेलायतका मेयरदेखि टेलिभिजनका प्रस्तोताहरु समेत सहभागी भएका थिए । ट्रम्पको नीतिले आफूहरुको अधिकार हनन हुने र भविष्य खतरामा पर्ने भन्दै महिलाहरुले ट्रम्प बिरुद्ध नाराबाजी गरेका थिए ।
अमेरिकामा ट्रम्पले पदभार ग्रहण गर्दै गर्दा लाखौंले प्रदर्शन गरेका थिए भने २ सय भन्दा बढी पक्राउ परेका थिए ।