वासिंगटन । चन्द्रमामा जाने पछिल्ला व्यक्ति तथा अमेरिकी अन्तरिक्ष यात्री युजिन सरनेनको ८२ वर्षको उमेरमा निधन भएको छ ।
अमेरिकी अन्तरिक्ष संस्था नासाले उनको निधन भएको जनाएको छ । सरनेन सन् १९७२ मा एपोलो–१७ अन्तरिक्ष यानका कमाण्डर थिए ।
उनले तीन पटक अन्तरिक्षाको यात्रा गरेका थिए र चन्द्रमामा जाने पछिल्ला व्यक्ति थिए ।
अमेरिकी अन्तरिक्ष एजेन्सीले सामाजिक सञ्जाल ट्विटरमा भनेको छ, ‘हामी नासाका सेवानिवृत्त अन्तरिक्ष यात्री तथा चन्द्रमामा पुग्ने पछिल्ला व्यक्ति सरनेनलाई गुमाउँदा दुःखी छौं ।’
सरनेन सेवा निवृत्त नौसेना अधिकारी पनि थिए । उनको परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो परिवार धेरै दुःखी छ र हामी उनको स्वास्थ्यका लागि प्रार्थना गर्ने सबैप्रति आभारी छौं । सरेनन एक राम्रा पति, पिता, भाई र साथी थिए ।’