राष्ट्रपतिको निम्तो मान्न शितलनिवासमा पूर्वराजा ज्ञानेन्द्र

राष्ट्रपतिको निम्तो मान्न शितलनिवासमा पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह पहिलो पटक राष्ट्रपति कार्यालय शीतल निवास छिरेका छन् ।

उनी राष्ट्रपति विद्या भण्डारीकी छोरी निशाकुशुमको विवाहको निम्तो मान्नका लागि सोमबार शितल निवास पुगेका हुन् ।

बा ४ च ३८०७ नम्बरको हरियो रंगको टोयोटा गाडीबाट शितल निवास पुगेका पूर्वराजा ज्ञानेन्द्र करिब २० मिनेटपछि बाहिरिएका थिए ।

वर–वधुलाई आशिर्वाद दिएर उनी शितल निवासबाट बाहिरिएको बताइएको छ ।

निशाकुशुमको पूर्वराष्ट्रपति रामवरण यादवका नाती अभिशेषसँग विवाह भएको हो । पहिलो पटक शितल निवास प्रवेश गरेका उनले राप्रपाका नेताहरुसँग एउटै टेवलमा बसेर कुराकानी गरेपनि राष्ट्रपति विद्या भण्डारीसँग भने दोहोरो संवाद गरेनन् ।

शाहले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र राप्रपाका अध्यक्ष कमल थापासँग केहीबेर कुराकानी गरेका थिए । कुराकानीका क्रममा उनले व्यक्तिगत सन्चो विसन्चोबारे मात्रै सोधेको जनाइएको छ ।

ज्ञानेन्द्र बसेको राउण्ड टेवलमा ज्ञानेन्द्रसँगै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, कमल थापा, पशुपति समशेर राणा, पूर्वसेनापति प्यारजंग थापा र सांसद गणेश थापा थिए ।