चितवन । नेकपा (क्रान्तिकारी माओवादी) को बैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाको चितवनमा दुई वटा इलाका समिति गठन भएका छन् ।
मोर्चाको चितवन १ नम्बर इलाकामा कुमार थापाको संयोजकत्वमा २८ सदस्यीय इलाका समिति गठन गरिएको छ ।
समितिको सदस्यहरुमा प्रेम चेपाङ, दोर्जे लामा, बेलुमाया विक, रविन्द्र श्रेष्ठ, राम बहादुर तामाङ, उद्धव सापकोटा, मनिषा चेपाङ, कमला श्रेष्ठ, सूर्य तामाङ थिङ, केशव चेपाङ, लालसिंह तामाङ, सञ्जय लामा, गोपाल विक, इन्द्र माया ओली रहेका छन् ।
यसैगरी मदनराज पाठक, बुद्धि श्रेष्ठ, जित बहादुर तामाङ, हर्क बहादुर दियाली, हरि कंडेल, सिर्जना साह, उद्धव उप्रेती, तुलसा पाठक रहेका छन् । भेलामा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सल्लाहकार विकास र मोर्चाका जिल्ला संयोजक अशोक शर्माको उपस्थिति रहेको थियो ।
यस्तै चितवन जिल्ला अन्तर्गत ५ नम्बर इलाकामा २५ सदस्यीय देशभक्त जनगणतान्त्रिक मोर्चाको इलाका समिति समेत गठन भएको छ । समितिको संयोजकमा बाबुराम प्यासी रहेका छन् ।
सदस्यहरुमा शुभलक्ष्मी खनाल, सञ्जय भुजेल, खड्ग बहादुर कुँवर, भीमबहादुर थापा, शान्ति विक, रविकिरण निर्जिव, सन्तोष श्रेष्ठ, धनबहादुर गुरुङ, देवबहादुर राई, राजकुमार बोलाखे, दिनेश अधिकारी, अमित सापकोटा, महादेव शर्मा पौडेल, रामकृष्ण धमेल, वृहस्पति दवाडी, शोभा श्रेष्ठ इच्छा सुनुवारलगायत रहेका छन् ।
भेलामा मोर्चाकी केन्द्रीय कार्यलय सदस्य अम्बिका मुडभरी, क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा चितवन जिल्ला सचिव सुरेश गौतमलगायतको सहभागिता रहेको थियो ।