काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन र कम्युनिष्ट न्युक्लियसको मजदुर संगठन अखिल क्रान्तिकारी न्युक्लियसबीच एकता भएको छ ।
बुद्धनगरमा आयोजित एक कार्यक्रमकाबीच दुई मजदुर संगठनबीच एकता सम्पन्न भएको महासंघका संयोजक ईश्वर तिमल्सिनाले जानकारी दिए ।
एकताभेलामार्फत कम्युनिष्ट न्युक्लियस निकट अखिल क्रान्तिकारी न्युक्लियस अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघमा एकीकृत भएको हो ।
एकतापछि पनि संगठनको नाम अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ नै रहने छ भने महासंघको विधान नै रहनेछ ।
दुई साताअघि काठमाडौंमा क्रान्तिकारी माओवादी र कम्युनिष्ट न्युक्लियसबीच पार्टी एकीकरण सम्पन्न भएको थियो । पार्टी एकतापछि अन्य संगठनहरुबीच पनि एकताका कार्यक्रमहरु भइरहेका छन् ।