रामेछाप । रामेछापमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
ना १ ञ ५७ नंको टिपर रामेछापको सदरमुकाम मन्थलीमा दुर्घटना हुँदा सहचालक सिन्धुलीकोे भद्रकालीका रमेश बम्जनको मृत्यु भएको हो ।
बुधबार बिहान भएको दुर्घटनामा तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक रमेश घिमिरेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । अरू दुईजनाको रामेछापमै उपचार भइरहेको छ ।