एजेन्सी । इरानका पूर्व राष्ट्रपति अक्बर हासेमी रफ्सान्जानीको अन्त्यष्टिमा लाखौंले सहभागी भएर उनीप्रति श्रद्धान्जलि अर्पण गरेका छन् ।
तेहरान विश्वविद्यालयबाट सुरु भएको लाखौं सहभागी शबयात्रालाई सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खामेनीले नेतृत्व गरेका थिए ।
रफ्सान्जानीको शबयात्रामा सर्वोच्च नेता खामेनीसँगै इरानी राष्ट्रपति हसन रुहानी र संसदका सभामुख अली लारिजानीले कफिनलाई छोएर प्रार्थना गर्दै गरेको इरानी टेलिभिजनले दृश्य प्रशारण गरेका छन् । उनको ८२ वर्षको उमेरमा सोमबार निधन भएको थियो ।
प्रार्थना सभामा बोल्दै खामेनीले आफ्नो भन्दा भिन्न विचार राख्ने रफ्साञ्जानीको अन्त्यष्टि समारोहकाबीच इरानी इरानको इस्लामिक क्रान्ति र त्यसपछि उनले गरेका कामको प्रशंसा गर्दै उनको निधनबाट इरानले एक कर्म योद्धा गुमाएको प्रतिक्रिया दिए । रफ्सान्जानीलाई इरानी राजनीतिमा क्रान्ति, धेर्य र प्रतिरोधका प्रतिकका रुपमा लिने गरिन्छ ।
अन्त्यष्टि प्रार्थनामा सर्वोच्च नेता खामेनीलाई राष्ट्रपति हसन रुहानी, इरानी संसदका सभामुख अलि लारिजानी र उनका भाई तथा न्यायापालिका प्रमुख आयोतोल्लाह सादेग लारिजानी लगायतका उच्च पदस्थ अधिकारले सघाएका छन् ।
प्रार्थनापछि पूर्वराष्ट्रपति रफसाञ्जानीको शवलाई सन् १९७९ को इरानी क्रान्तिका शीर्षस्थ नेता आयोतोल्लाह रुहोल्लाह खोमेनीको शव राखिएकै शवकक्षमा अन्त्येष्टि गरिएको छ ।
पूर्वराष्ट्रपतिको निधनमा इरानमा सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । सन् १९३४ मा जन्मिभएका रफ्साञ्जानी इरानका प्रभावशाली राजनीतिज्ञ, धार्मिक विद्धान र इरानका संस्थापक नेता आयतोल्लाह रुहोल्लाह मुसाभी खोमेनीका विश्वासपात्र थिए ।
सन् १९८९ देखि १९९७ सम्म राष्ट्रपति भएका रफ्साञ्जानीले सन् १९७९ को इरानी क्रान्तिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनको अन्त्यष्टि समारोहमा सहभागी हुन हजारौं सार्वजनिक बस तथा मेट्रो ट्राभल निशुल्क रुपमा उपलब्ध गराइएको थियो ।
उनको निधनमा विश्वभरबाट शोक व्यक्त गरिएको छ । अमेरिकी राष्ट्रपति कार्यालयले उनको निधनमा गहिरो शोक व्यक्त गर्दै अमेरिकी जनताका तर्फबाट समवेदना व्यक्त गरेको छ ।