नक्सलवादीको पक्षमा आन्ध्र प्रदेशमा आयो यस्तो आश्चर्यजनक तथ्यांक

नक्सलवादीको पक्षमा आन्ध्र प्रदेशमा आयो यस्तो आश्चर्यजनक तथ्यांक

केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आन्तरिक सुरक्षा चुनौती बढेको बताए । पूर्वी भारतीय राज्यहरुमा नक्सलवादी–माओवादीको प्रभाव विस्तार भइरहेको समयमा उनले सुरक्षा सोचेभन्दा पनि खराब हुनसक्ने बताएका थिए । भारतले भौतिक रुपमा युद्ध जितिरहेको दाबी गरेपनि भारत सरकारले जनताको दिमाग, मस्तिष्क र मुटुले भने युद्ध हार्दैछ ।

यतिबेला त्यहाँ बहसको अवस्था पनि सिर्जना भएको छ । सरकारले कि माओवादी प्रति न्याय र कानुन अवलम्वन गर्ने, कि उनीहरुलाई अपराधि नै घोषणा गरेर प्रभावित क्षेत्रका जनता को मन जित्न विकाशका एजेण्डा लिएर अगाडी जाने ।

टाइम्स अफ इण्डिया मातहतको आईएमआरबीले गरेको एक सर्वेक्षणमा भारतले आतंकवादी भनिरहेको नक्सलवादी विद्रोही र सरकारप्रतिको धाराणा सोचेको भन्दा फरक पाइएको छ । भारतको आन्ध्र प्रदेशमा सरकार र सरकारले समस्या समधानको लागि गरेको पहल निन्दनीय पाइएको छ ।

अनुसन्धानबाट सरकारले समस्या समाधानका लागि दीर्घकालीन रुपमा अवलम्बन गरेको नीति नै वास्तममा खराब रहेको पाइएको छ । यसले के साँच्चै भारतले भनेजस्तै माओवादीविरुद्धको युद्ध जितेकै हो र उनीहरुलाई साधारण अवस्थामा पुरानै व्यवस्थामा फर्काउन वा सिध्याउन सम्भव छ भन्नेमा पनि प्रश्न उब्जाएको छ ।

टाइम्स अफ इण्डियाले विगतमा नक्सलवादीहरुको प्रभाव नरहेका विभिन्न ५ जिल्लालाई छानेर गरेको अध्ययनमा जनमत संग्रह गराउन मानिस पस्ने अवस्था समेत नरहेको पाइएको छ । अनुसन्धानका क्रममा नक्सलवादीका क्रियाकलापलाई नियाल्नका लागि समेत ती क्षेत्रलाई छनोट गरेको अनुसन्धानकर्ताको दाबी छ ।

यो सर्वेक्षण तेलेङगनाका ५ वटा जिल्लाहरु अदिलावाद, निजामावाद, करिमनगर, वाराङ्गल र खाम्माममा संचालन गरिएको थियो । ति जिल्ला हालसम्म पुरै नक्सल प्रभावित नभएकोेले मात्र नभई ति जिल्लाहरुको निकट सम्वन्ध छत्तिसगढ र महाराष्ट्रसँग समेत भएकाले छनोट गरिएको थियो ।

वास्तविक जनताको मत बुझ्नको लागि राम्रो सामाजिक आर्थिक स्थिति भएका जनता भन्दा पनि सेक्सन बी र सेक्सन सी का महिला वा पुरुष २५ देखि ५० वर्ष सम्मकालाई अनुसन्धानमा समावेश गरिएको थियो ।

टाइम्स अफ इण्डियाले भनेको छ, ‘जुन कुरा हामीले पत्ता लगायौं त्यो हाम्रो लागि आँखा खुलेको जस्तो भयो र सबैको लागि चिन्ताको विषय पनि भएको छ ।

सरकारले बन्दुकको युद्ध त जितेकै छ तर माओवादी वास्तवमा नै अनुभुतिको खेलमा अगाडि नै छ । यो कुरा वाराङगल र नजामावाद जिल्लामा सत्य ठहरिएको छ जुनकुरा तथ्य रेखा चित्रले पनि देखाउँछ ।’

अनुसन्धानमा सामेल जिल्लामध्ये कतिपय जिल्लामा ८१ प्रतिशतले सरकारले बेवास्ता गरेको लगायतका विषयमा असन्तुष्टि राखेका थिए भने नक्सलवादीका विषयमा सकारात्मक विचार राखेका थिए ।

‘वास्तवमानै एउटा घतलाग्दो उत्तर कुन प्रश्नको आयो भने माओवादी नक्सलवादीहरुले यस क्षेत्रमा राम्रो या नराम्रो के गरेको छ र उनीहरुको यस क्षेत्रमा भारतीय प्रहरीसँगको पराजयले समस्यालाइ राम्रो या नराम्रो के पारेको छ ?’

टाइमस अफ इण्डियाले लेखेको छ, ‘लगभग ६० प्रतिशत नक्सलवादीले राम्रो गरको र ३४ प्रतिशतले दमन बढेको बताए । नक्सलवादी प्रभाव घटेपछि भन्ने प्रश्नमा ४८ प्रतिशतले बढेको र ३८ प्रतिशतले बढेको छैन भन्ने उत्तर दिए ।

माथिका उत्तरहरुलाई एकत्रित गर्दा नक्सलवादीलाई खराव वा माफिया भन्नु जायज हो भन्ने प्रश्नमा दुइतिहाइले असहमति जनाए । यसको ब्याख्याले अनुत्तरित प्रश्न उब्जाएको छ ।

आधा जसोले नक्सलवादीहरुले त्यस क्षेत्रमा राम्रो गरेको बताए भने एक तिहाइले उनीहरुको उद्देश्य ठीक छ तर तरिका गलत भएको बताएका थिए । अध्ययनका क्रममा १५ प्रतिशतले मात्र नक्सलवादीलाई गलतको रुपमा ब्याख्या गरे ।

अर्को महत्वपूर्ण कुरा के छ भने, ५० प्रतिशतले भने नक्सलवादीहरुले वास्तवमै यस क्षेत्रको विकास गर्न दबाव सृजना गरेको बताए । यसले के देखाउँछ भने सरकार प्रतिको दृष्टिकोण वास्तवमानै निक्कै नकरात्मक छ । नक्सलवादको तरिकालाइ चै सहज रुपमा स्वीकारेको देखिएन । उनीहरु मध्ये केहिले भने कोहि नक्सलवादीहरु आफूलाई पपुलर बनाउन मात्र लागेको धाराणा राखे । तर वहुसंख्यकले भने उनीहरु डर, त्रास सँगसँगै वैधानिक रुपमा पनि मनजित्न सफल भएको बताएपछि नक्सलवादी प्रति जनताको सहानुभुति रहेको प्रष्टिएको छ ।

अनुसन्धानका क्रममा माओवादीले गरेका हत्याभन्दा सरकारी पक्षबाट भएको दमन र हत्याबाट जनता क्रुद्ध भएको पाइएको छ । सरकारले माओवादी भारतको आन्तरिक सुरक्षामा ठूलो खतरा रहेको बताउँदै आएपनि सर्भेक्षणले के देखाएको छ भने त्यहाँका अधिकाश आम जनता सरकारप्रति सहानुभुति राख्दैनन् र उनीहरु राम्रोको विरुद्ध सरकार नै रहेको ठान्दछन् ।

निजामावादको कामरड्डी, अडिलावादको गुडीहथनोर, करिमनगरको, सिरसिला, वाराङ्गलको महवुवाद र खाम्मामको पलवान्चा शहरहरुमा यो सर्वे गरिएको थियो । त्यस क्षेत्रका ५२१ जनाले आफ्नो धारणा राखेका थिए ।