काठमाडौं । सामुदायिक रेडियो प्रसारक सं नेपाल (अकोराब) को अध्यक्षमा सुवास खतिवडा निर्वाचत भएका छन् ।
संघको १२ औं साधारणसभा तथा छैटौँ अधिवेशनबाट ३ वर्षका लागि २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो।
अध्यक्षमा निर्वाचित खतिवडाले एक सय ४२ मत ल्याई निर्वाचित भएका हुन् भने उनका प्रतिद्वन्द्वी किशोरजंग थापाले एक सय ३२ मत ल्याएका थिए । कुल दुई सय ८७ मतदातामध्ये दुई सय ७६ जनाले मतदान गरेका थिए ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा अर्जुन गिरी, उपाध्यक्ष (महिला) मा शशीकला दाहाल, उपाध्यक्ष (मधेस) मा निमेष कर्ण र उपाध्यक्ष (जनजाति) मा अर्जुनकुमार राई विजय भएका छन् ।
संघको महासचिवमा गोविन्द देवकोटा, सचिवमा वन्दना दनुवार र कोषाध्यक्षमा लक्ष्मण खड्का निर्वाचित भएका छन् ।
यसैगरी सदस्यमा खुलातर्फ कपिलदेव खनाल, विष्णु अवस्थी, टीकाजंग थापा, धुव्रराज ढकाल, शुक्रराज भण्डारी, महिलामा धनलक्ष्मी शाही र ललिता कुश्मी, मधेसीमा अजयकुमार यादव र रामभरोसी महतो, जनजातिमा मिलन गाहा र गणेशकुमार श्रेष्ठ तथा दलितमा पूर्णवहादुर विक निर्वाचित भएका छन् ।
त्यस्तै सात प्रदेश समितिका अध्यक्षका क्रमशः बच्चुनारायण विक, अशोक दत्त, कृष्णहरि घिमिरे, शान्ति गुरुङ, केपी घिमिरे, रमेशकुमार गौतम र दीर्घराज उपाध्याय निर्वाचत भएका छन् । प्रदेश अध्यक्ष संघको कार्यसमितिको पदेन सदस्य रहने व्यवस्था छ ।