गाईघाट । सिद्धिचरण लोकमार्गअन्तर्गत हर्देनी गाविस–३ गहुँबारीमा शुक्रबार साँझ भएको बलेरो जिप दुर्घटनामा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
दुर्घटनामा परी ३२ वर्षीय भीमकुमारी राउत र ३४ वर्षीय टंकबहादुर बस्नेतको मृत्यु भएको हो ।
सो दुर्घटनामा हर्देनीका ३८ वर्षीय विष्णुबहादुर राउत, ३० वर्षीय भेषराज राउत, १४ वर्षीय विमल बस्नेत, ४० वर्षीय नीलबहादुर कार्की, ४६ वर्षीय रेशमकुमार कार्की र १७ वर्षीया एलिना श्रेष्ठ गम्भीर घाइते भएका छन् ।
कटारीबाट गहुँबारीतर्फ जाँदै गरेको स १ ज ४०९ नम्बरको सो बलेरो जिप सिद्धिचरण लोकमार्गअन्तर्गत गहुँबारीको भिरबाट स्ेटरिङ फेल भई ३ मिटर तल खसेको प्रहरीले जनाएको छ ।