वेस्ट ह्याममाथि म्यानचेस्टर सिटीको प्रभावशाली जित

वेस्ट ह्याममाथि म्यानचेस्टर सिटीको प्रभावशाली जित

काठमाडौं । इंग्लिस घरेलु फुटबल प्रतियोगिता एफए कप अन्तर्गत तेस्रो चरणको खेलमा म्यानचेस्टर सिटीले प्रभावशाली जित निकालेको छ । 

शुक्रबार राति भएको खेलमा म्यानचेस्टर सिटीले वेष्ट ह्यामलाई उसकै मैदानमा ५–० ले हराएको हो ।

सिटीको जितमा याया टुरे, डेविड सिल्भा, सर्जियो अग्युरो र जोन स्टोन्सले एक एक गोल गरे भने वेष्ट ह्यामका हावार्ड नोर्डट्भाइटले आत्मघाती गोल गरेका थिए ।

पहिलो हाफमा ३–० को अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप गोल गरेको थियो । एफए कपका बाँकी खेलहरु शनिबारराति हुनेछन् ।