एजेन्सी । ब्राजिलको एक कारागारमा कैदीबन्दीबीच झडप हुँदा ५६ जनाको मृत्यु भएको छ ।
ब्राजिलको एमेजोनस राज्यस्थित मानअसमा लागूऔषध तस्करीको आरोपमा पक्राउ परेका कैदीबन्दीबीच भएको सो झडपमा अन्य दर्जनौं घाइते भएका छन् ।
कैदीबन्दीका दुई समूहबीच भएको झडपको मौका पारेर केही कैदी भने फरार भएका छन् । करिब १७ घण्टासम्म चलेको भिडन्तपछि कैदीहरुले हतियारसहित आत्मसमर्पण गरेका थिए ।
कारबारको रेखदेखमा खटिएका १२ जना सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएका थिए । घटनापछिको छानबिनका क्रममा कारागारको पर्खालमा हतियार लुकाएर राखेको भेटिएको थियो । ब्राजिल विश्वमै चौथो बढी कैदीबन्दी भएको मुलुक हो । जहाँ ६ लाख कैदीबन्दी छन् ।
झडप भएको समयमा कारागारमा ४ सय ५४ को क्षमता भएपनि १२ सय २४ जना कैदी बस्दै आएका थिए ।






























