काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा शीर्ष क्लबहरु म्यान्चेस्टर युनाईटेड र म्यान्चेस्टर सिटी विजयी भएका छन् । 

सोमबारराति भएको खेलमा जोजे मौरिन्होको म्यानचेस्टर युनाईटेडले वेष्ट ह्याम युनाईटेडलाई २–० ले हराएको हो । युनाईटेडको जितमा हुँवा माटा र ज्लाटन ईब्राहिमोभिचले एक–एक गोल गरे ।

राति नै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले बर्नलेलाई २–१ ले हरायो । सिटीको जितमा गेल क्लिीस र सर्जियो अगुएरोको एक एक गोल गरे । 

यो सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको लिभरपुल भने सण्डरल्याण्डसँग २–२ गोलको बराबरीमा रोकिएको छ ।

यसैगरी एभर्टनले साउथह्याम्पटनलाई ३–० ले हराउँदा वेष्ट ब्रोमले हल सिटीलाई ३–१ ले पाखा लगायो । लेष्टर सिटी र मिडिल्सब्रोले भने गोलरतिह बराबरी खेल्दै अंक बाँडेका छन् । 

सोमबार रातीका खेलपछि प्रिमियर लिगको अंक तालिकामा १९ खेलबाट ४९ अंक जोडेको चेल्सी शीर्ष स्थानमा कायमै छ भने २० खेलबाट ४४ अंक जोडेको चेल्सी दोस्रो तथा म्यान्चेस्टर सिटी तेस्रो स्थानमा छ । ४० अंकसहित चौथो स्थानमा रहेको आर्सनलले एक खेल कम खेलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार