यसकारण दिइयो १०१ वर्षीय वृद्धलाई १३ वर्ष जेल सजाय

यसकारण दिइयो १०१ वर्षीय वृद्धलाई १३ वर्ष जेल सजाय

एजेन्सी । बेलायतमा एक १०१ वर्षीय वृद्धलाई बालबालिकामाथि यौन दुराचार गरेको अभियोगमा १३ वर्षको जेल सयाज सुनाइएको छ ।

उनीमाथि ३० बालबालिकामाथि यौन दुराचार गरको अभियोग प्रमाणित भएपछि यस्तो सजाय सुनाइएको हो ।

इर्डिङटन, वर्गिङघमका राल्फ क्लार्कलाई बाल यौन दुराचारको अभियोग लागेको हो । बेलायतको इतिहासमा जेल सजाय पाउने उनी सबैभन्दा वृद्ध मानिस भएको बताइएको छ ।

सन् १९७४ देखि १९८३ सम्म भएका बाल यौन दुराचारका घटनामा उनी दोषि पाइएको थियो । उनीमाथि दुई बालिकालाई २१ पटकसम्म यौन शोषण गरेको र नौ वटा मुद्दा बालकमाथि यौन दुराचारका रहेका छन् ।