बुटवलमा पनि मनाइयो तमु ल्होसार

बुटवलमा पनि मनाइयो तमु ल्होसार

बुटवल । गुरुङहरुको महान पर्व (नयां वर्ष)तमु ल्होसार गुरुङ समुदायले हर्षाेल्लासका साथ बुटवलमा पनि मनाएका छन् । यस क्रममा तमु प्ये ल्हु संघ बुटवल, रुपन्देहीले बुटवल –१५ नयां गाउं पिंयाले भित्तामा तमु ल्होसार मुल कार्यक्रमको आयोजना गरि ३२२६९ औं तमु ल्होसार मनाएका छन् । कार्यक्रममा बोल्ने वक्ताहरुले ल्होसारले तमुहरुमा एकता ल्याउंनेमा विश्वास व्यक्त गरेका थिए । उनीहरुले तमु एकतामा भांजो हाल्नेसंग सचेत रहन पनि अनुरोध गरेका थिए ।

कार्यक्रममा वरिष्ठ समाजसेवी रिकबहादुर तमु, संघका हङकङ शाखा उपाध्यक्ष दिलकुमार तमु, आदिवासी जनजाति पत्रकार मञ्च,नेपालका अध्यक्ष टेकबहादुर मास्कीराना,नेपाल सरकार आदिवासी जनजाति जिल्ला समन्वय समिति समिति,रुपन्देहीका उपाध्क्ष दिलबहादुर खाम्चा,नेपाल तामाङ घेदुङ,रुन्देहीका अध्यक्ष कुमार तामाङ,सल्लाहकार कृष्ण मोक्तान,संघका निवर्तमान जिल्ला उपाध्यक्ष क्या.खड्कबहादुर गुरुङ,युवा संघका सृजना तमु लगायतले बोल्नु भएको थियो ।कार्यक्रम संघका नगर अध्यक्ष नन्दबहादुर गुरुङको अध्यक्षता,सहसचिव गुमानसिंह गुरुङको सञ्चालन तथा निवर्तमान जिल्ला सहसचिव मानबहादुर तमुको स्वागतमा सम्पन्न भएको थियो ।सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समाजसेवी रिकबहादुर गुरुङले पिंयाले भित्तामा निर्माण भएको खाने पानी ट्रयाङकीको उद्घाट गर्नुभएको थियो । ट्रयाङकी निर्माण गर्नका लागि बुटवल उपमहानगरपालिका वडा नं ५ गोलपार्क निवासी बृटिस भूपु सीपिएल रिकबहादुर गुरुङ, जेठो सुपुत्र दिलबहादुर गुरुङ परिवारले ५ लाख ७० हजार ६ सय ९७ रुपैयां आर्थिक सहयोग गर्नुभएको हो ।

त्यस्तैं संघले ल्होसारको अवसरमा ०७२ सालमा एसएलसीमा उत्तीर्ण भएका छात्र तथा छात्रा र संघको भवन निर्माण गर्नका लागि ५० हजार सहयोग गर्र्नै हरिबहादुर तमु र सकुन तमुलाई सम्मान गरिएको थियो । सो अवसरमा विविध सांस्कृतिक कार्यक्रम र नृत्य पनि प्रस्तुत गरिएको थियो ।