इटहरी । सुनसरीको दुहवी नगरपालिका–४ मा रहेको मनास्लु बोर्डिङमा कार्यरत एक महिलाको हत्या भएको छ ।

विद्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत ३५ वर्षीया पवित्रा विष्टको घाँटी रेटेर हत्या गरेको अवस्थामा बिहीबार शब फेला परेको हो ।

दुहवी–५ घर भएकी पवित्रा सोही बोर्डिङमा आवासीय सेवामा रहेको अवस्थामा बुधबारराति हत्या भएको प्रहरीले अनुमान गर्दै बोर्डिङ सञ्चालक शंकर थापा लगायतसँग सोधपुछ गरेको छ ।

पवित्राको हत्या के कारणले भएको हो भनेर सोधखोज भइरहेको र चाँडै नै पवित्राको हत्यामा संलग्नको पत्ता लाग्ने प्रहरीले जनाएको छ । पवित्राको हत्या यौनिक भएको हुनसक्ने आशंकामा प्रहरीले शब परीक्षणका लागि अस्पताल पठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर