चर्चित गायिका ब्रिटनीको मृत्युको खबर फैलिएपछि…

चर्चित गायिका ब्रिटनीको मृत्युको खबर फैलिएपछि…

लस एन्जलस । सोनी म्युजिक ग्लोबलको ट्विटर एकाउन्ट ह्याक गरेर पप स्टार ब्रिटनी स्पीयर्सको मृत्युको बारेमा झुठो ट्विट गरेका छन् ।

ह्याक गरेको ट्विटरको पेजमा दुई सन्देश जारी गरिएको थियो । पहिलो ट्विटमा भनिएको थियो, ‘इश्वर ब्रिटनी स्पीयर्सको आत्माले शान्ति पाओस् ।’

यसपछि इमोजी र ह्यासट्यागका माध्यमबाट लेखिएको थियो, ‘इश्वर ब्रिटनी स्पीयर्सको आत्मालाई शान्ति देउ, १९८१–२०१६ ।’

दोस्रो ट्विटको सात मिनेटपछि गरिएको ट्विटमा उनको दुर्घटनामा मृत्यु भएको र छिट्टै थप जानकारी जानकारी उपलब्ध गराउने उल्लेख गरिएको थियो । यी ट्विटपछि ब्रिटनीका प्रबन्धक एडम लेबेरले ब्रिटनी स्वस्थ र ठीक रहेको बताएका छन् ।