वीरेन्द्रनगर । सुर्खेत शिक्षा क्याम्पस वीरेन्द्र नगरमा नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को इकाई समिति निर्माण भएको छ ।

बुधबार भएको इकाई सम्मेलन मार्फत  कैलाश ऐडीको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको हो ।

नवगठित समितिको उपाध्यक्षमा अस्मिता केसी, सचिव, सुवास क्षेत्री, सहसचिव सरस्वती सिंह र शंकर खत्री, कोषाध्यक्षमा देविका शाही र सदस्यमा पर्मिला शाहीसहित २१ सदस्य रहेका छन् ।

सम्मेलनमा प्रमुख अतिथिको रुपमा अखिल (क्रान्तिकारी) भेरी कर्णाली राज्य समितिका संयोजक जगदिश शाही, अतिथिहरु नेकपा (क्रान्तिकारी माओवादी) सुर्खेतका सचिवखडानन्द लामिछाने, अखिल (क्रान्तिकारी) दैलेखका कलम कार्कीलगायत सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर