काठमाडौं । इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको चेल्सीले लगातार १२ औं जित निकालेको छ ।
सोमबार राति भएको खेलमा बर्नमाउथलाई ३–० ले हराउँदै चेल्सीले लगातार १२ औं जितको क्लब कीर्तिमान बनाएको हो । चेल्सीको जितमा पेड्रोले दुई गोल गरे भने इडेन हाजार्डले एक गोल थपे ।
प्रिमियर लिगअन्तर्गत सोमबार राति नै भएको अर्को खेलमा आर्सनलले वेष्ट ब्रोमलाई १–० ले हराउँदा म्यानचेस्टर युनाईटेडले सण्डरल्याण्डलाई ३–१ ले पराजित गर्यो ।
यसैगरी म्यान्चेस्टर सिटीले हल सिटीलाई ३–० ले हराउँदै दोस्रो स्थानमा कायम रहेको छ । एभर्टनले लेष्टर सिटीलाई २–० ले हरायो ।
वेष्ट ह्याम युनाईटेडले स्वान्सी सिटीलाई ४–१ ले पराजित गर्दा बर्ननीले मिडिल्सब्रोमाथि १–० को जित निकालेको छ । त्यसैगरी वाट्फोर्ड र क्रिष्टल प्यालेसले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
सोमबार रातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा १८ खेलबाट ४६ अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ भने समान खेलबाट ३९ अंक जोडेको सिटी दोस्रो स्थानमा छ ।
एक खेल कम खेलेको लिभरपुल ३७ अंक सहित तस्रो स्थानमा रहँदा १८ खेलबाट ३७ अंक जोडेको आर्सनल चौथो स्थानमा छ ।