चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा एउटा यात्रुबस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य २६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सिरहा लक्ष्मीपुरका धर्मराज मण्डल रहेको प्रहरीले जनाएको छ ।
चण्डिभञ्जाङ ६ कालिखोलामा अनमोल डिलक्सको ना ४ ख ५४४२ नम्बरको को यात्रुबस सडकबाट १ सय मिटर तल झरेर दुर्घटना भएको हो ।
काठमाडौंबाट मलंगवा जान लागेको बसले ट्रकलाई ओभर टेक गर्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाई छ ।
घाइते मध्ये भारत सिलिगुडीका मनोजकुमार कुशवाह, सर्लाहीका रामविश्वास पण्डित र नागेन्द्रराज यादवको अवस्था गम्भीर रहेको छ । घाइते सबैको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।