प्रत्येक महान पुरुष आफ्नो युगको उपज रहन्छ, आफ्नो समयको महान आन्दोलन र इतिहासकाे उपज रहन्छ । इतिहासकाे अध्ययनबाट हामी कुन कुरा थाहा पाउँछौ भने साच्चिकै महान आन्दोलन तथा महान परिवर्तनहरुको आवश्यकीय रुपबाट महापुरुषहरुलाई जन्माउछन् र ती महापुरुषहरुले सम्बन्धित आन्दोलन र परिवर्तनको उपज र अभिन्न अंगको रुपमा आफ्नो भूमिका खेल्छन् र आफ्नो तर्फबाट त्यसमा महत्वपूर्ण योगदान गर्दछन् । यो कुरा माओत्सेतुङको सम्वन्धमा पनि साँचो रहेको छ । माओ त्सेतुङ आफ्नो समयका महानतम माक्र्सवादी–लेनिनवादी हुनुहुन्थ्यो । अन्य ऐतिहासिक व्यक्तित्वहरु झैं, उहाँ पनि एक ऐतिहासिक उपज हुनुहुन्थ्यो उहाँ आफू रहेको समयको, त्यस्तो ऐतिहासिक अवधिको एक उपज तथा अभिन्न अंग हुनुहुन्थ्यो, जुन अबधिमा विश्व–ऐतिहासिक महत्वका केही घटनाहरु घटेका थिए । ती घटनाहरुमा प्रमुख हुन् ः चिनियाँ जनताको महान मुक्ति आन्दोलन, आधुनिक संशोधनवाद तथा सामाजिक–साम्राज्यवादको विरुद्ध चलेको महान संघर्ष,महाशक्ति–प्रभुत्ववाद–विरोधी विश्व जनताको संर्घष, आदि । उहाँका सम्पूर्ण व्यक्तित्व तथा कार्यहरु उक्त घटनाहरुसित अभिन्न रुपमा गाँसिएका छन्,र त्यसमा उहाँको व्यक्तित्व र कार्यको प्रभाव र छाप स्पष्ट रुपमा परेको छ । सच्चा सर्वहारा क्रान्तिकारीको हैसियतले ती घटनाहरुमा प्रमुख भूमिका खेल्ने सिलसिलामा उहाँले मानव–मुक्तिको महान लक्ष्यमा र कम्युनिष्ट लक्ष्यमा ठूला योगदानहरु गर्नुभयो ।
माओत्सेतुङका योगदानहरु महान र महत्वपूर्ण छन् भन्ने कुरामा दुइमत पाइँन्दैन भन्न सकिन्छ, किनभने उहाँको चिन्तन–तरिका र कतिपय सैद्धान्तिक धारणालाई नमान्नेहरु समेत पनि उहाँका योगदानहरुलाई मान्दछन् । तर योगदानको स्वरुपको सम्बन्धमा,योगदान कस्तो खालको र कुन स्तरको भन्ने सम्बन्धमा मुख्य रुपले दुई विपरित धारणाहरु रहेको पाइन्छ । तिनमा एउटा अनुसार, माओत्सेतुङले जे जति योगदानहरु गर्नुभयो, ती राष्ट्रिय चरित्रका छन् र तिनले राष्ट्रिय अर्थात चिनियाँ सीमाभन्दा बाहिर केही महत्व राख्दैन् । उक्त धारणाका समर्थकहरुमा एक थरी जस्ता जो माओत्सेतुङका विचारलाई त मान्दछन् तर त्यसलाई विशुद्ध राष्ट्रिय चीज, विशुद्ध चिनियाँ परिघटना ठान्छन् । यस्तो धारणा माक्र्सवादलाई विशुद्ध जर्मन वा युरोपेली परिघटना ठान्ने र लेनिनवादलाई विशुद्ध रुसी परिघटना ठान्ने पहिले देखिएका धारणाहरुको पुनरावृत्ति मात्र हो भन्न सकिन्छ । उक्त धारणा धारणालाई मान्नेहरु माओत्सेतुङका काम तथा विचारको महत्व तथा महानता चिनियाँ सीमाभित्र सीमित रहेको रुपमा लिइन्छ । यसको ठीक विपरित अक्रो धारणा छ, जसले माओत्सेतुङलाई एक अन्तर्राष्ट्रिय व्यक्तित्वको रुपमा हेर्छ, र कस्तो मान्यता राख्छ भने माओत्सेतुङका महान विचारहरु विशुद्ध राष्ट्रिय परिघटना होइनन् ती सांगुरो र राष्ट्रिय सीमाभित्र मात्र महत्व राख्ने चिज होइनन्,बरु तत्कालीन अन्तराष्ट्रिय तथा राष्ट्रिय विकास सित घनिष्ट रुपले सम्बन्धित र त्यसमा आधारित अन्तराष्ट्रिय परिघटना हुन् ।
अन्य मुलुकहरुमा झै, हाम्रो मुलुकमा पनि माओ त्सेतुङको देनलाई सानो पारेर देखाउने,त्यसलाई मामुली रुपमा प्रस्तुत गर्ने र विशुद्ध राष्ट्रिय महत्वको ठान्ने धारणा पाइन्छ । उक्त धारणा एकदमै यथार्तवादी र गलत छ,किनभने त्यसले माओ त्सेतुङका देनहरुलाई, उहाँका कार्य र विचारको महानतालाई व्यापक परिपेक्षमा, सम्पुर्ण अन्तराष्ट्रिय विचारको परिपेक्षमा हेर्न सकेको छैन, किनभने त्यसले त्यसलाई महान चिनियाँ जनक्रान्ति, आधुनिक– संशोधनवाद–विराधी संघर्ष र महाशक्ति–प्रभुत्ववाद–विरोधी संघर्षको विश्व ऐतिहासिक महत्वको परिपेक्षमा हेर्न सकेको छैन् । उक्त धारणाको पछिल्तिर कुन तथ्यप्रति अज्ञानता रहेको छ भन्ने प्रत्येक साँच्चिकै महान बिचारमा अन्तराष्ट्रिय बन्ने स्वाभाविक प्रवृति रहेको हुन्छ ।
मेरो विचारमा, माओ त्सेतुङबाट विश्व कम्युनिष्ट आन्दोलनप्रति गरिएको योगदानहरु बहुपक्षीय र बहुआयामिक छन् । यहीं दृष्टिकोणबाट संक्षिप्त रुपमा त्यसवारे चर्चा गरिएको छ ।
१) पहिलो कुरा के भने महान चिनियाँ जनक्रान्ति, अर्थात् बीसौं शताब्दीमा महान अक्टोबर समाजवादी क्रान्तिपछिको अधिकतम विशाल, व्यापक तथा शक्तिशाली प्रतिक्रियावाद–विरोधी क्रान्तिका संगठनकर्ता तथा नेताको हैसियतबाट माओ त्सेतुङले विश्व जनक्रान्ति र विश्व कम्युनिष्ट आन्दोलनप्रति महत्वपूर्ण योगदान गर्नुभयो ।
माओ त्सेतुङ प्रधान रहेको चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा भएको चिनियांँ जनताको सामन्त–विरोधी तथा साम्राज्यवाद–विरोधी क्रान्तिको विजय बीसौ शताब्दीमा भएका अक्टोबर समाजवादी क्रान्ति र फासिष्टवादमाथि मानवजातिको विजयपछिको विश्वव्यापी महत्वको तेस्रो घटना थियो । विश्व सर्वहारा क्रान्तिको अभिन्न अंग रहेको उक्त विजयी क्रान्तिले विश्व साम्राज्यवादी व्यवस्थालाई निकै कमजोर र जनवाद, समाजवाद र शान्तिको पक्षलाई अधिक शक्तिशाली तथा व्यपक बनायो । खास रुपमा, उक्त विजयी क्रान्तिले औपनिवेशिक तथा अर्ध–औपनिवेशिक मुलुकहरुमा राष्ट्रिय मुक्ति आन्दोलनलाई ठूलो बल र प्रेणा प्रदान ग¥यो ।
जनवादी क्रान्तिका अभिभाराहरुलाई पूरा गरिसकेपछि १९५६ मा चीन समाजवादी क्रान्तिको युगमा प्रवेश ग¥यो र त्यहाँ समाजवादी निर्माण गर्न थालिनु कम महत्वको कुरा थिएन, बरु वास्तवमा एक महान विश्व–ऐतिहासिक महत्वको घटना थियो ।
यसरी चीनमा नौलो जनवादी क्रान्तिको सम्पन्नता र त्यसपछि भएको समाजवादी क्रान्ति र समाजवादी निर्माण–कार्यको थालनी हुनु निश्चय नै विश्व कम्युनिष्ट आन्दोलनको ऐतिहासिक अग्रगतिमा अति महत्वपुर्ण पाइला थिए । तिनले उक्त आन्दोलनमा अभिवृद्धि र विकासमा तिनको ठूलो योगदान रहेको छ ।
माथि उल्लेखित सम्पूर्ण क्रान्ति र निर्माणको कामसित माओ त्सेतुङको नाउ अभिन्न रुपमा गाँसिएको छ । उहाँ उक्त क्रान्तिका प्रमुख संगठनकर्ता तथा नेता र समाजवादी निर्माणका प्रमुख इन्जिनियर हुनुहुन्थ्यो । जनवरी १९३५ मा चिनियां कम्युनिष्ट पार्टीमा उहाँको नेतृत्व स्थापित भएपछि,उहाँले चिनियाँ क्रान्तिलाई पूर्ण विजयसम्म बढाउनु भई त्यसलाई समाजवादी चरणमा लैजानुभयो । उहाँले माक्र्सवादी–लेनिनवादका आधारभूत सिद्धान्तहरुलाई अर्ध–औपनिवेशिक चीनको क्रान्तिका विशिष्ट अवस्थाहरुमा बढो कुशल तथा सृजनात्मक ढंगबाट लागू गर्नुभयो । चिनियाँ जनक्रान्तिको विजय माक्र्सवाद–लेनिनवादको एउटा ठूलो एतिहासिक विजय पनि थियो । माक्र्सवाद अविकसित मुलुकहरुमा लागू हुँदैन भन्ने त्यसताका प्रतिक्रियावादीहरुद्वारा व्यापक रुपमा प्रचारित फट्याइँलाई व्यावहारिक रुपमा देखाएर, त्यसले माक्र्सवादको सर्वव्यापी लागू योग्यतालाई अकाट्यरुपमा सावित गरिदियो । कुन कुरा एकदमै सत्य सावित भयो भने माक्र्सवाद विकसित, अल्प विकसित तथा अविकसित सबै मुलुकहरुमा र सबै परिस्थितिहरुमा लागू हुन सक्छ ।
उपरोक्त सारा कुरा विश्व कम्युनिष्ट आन्दोलनप्रति महत्वपूर्ण योगदान हुन् र त्यसमा माओ त्सेतुङको प्रमुख भूमिका रहेको छ ।
२) दोस्रो कुरा के हो भने तत्कालीन सोभियत सशोधनवादी नेतृ–डफ्फाबाट नेतृत्व गरिएको आधुनिक संशोधनवादको विरुद्ध माक्र्सवाद–लेनिनवादका क्रान्तिकारी शिक्षाहरुको रक्षकको हैसियतबाट उहाँले विश्वकम्युनिष्ट आन्दोलनप्रति ठूलो योगदान गर्नुभयो ।
१९५३ मा स्टालीनको निधनपछि पूर्व सोवियत संघको कम्युनिष्ट पार्टीको नेतृत्व खु्रश्चोव र त्यसको गुटद्वारा हत्याइयो । उक्त नेतृ–डफ्फाले महान स्टालिनको नाउँ र कामहरुलाई बद्नाम गर्न भगिरथ प्रयत्न ग¥यो । खु्रश्चोवपंथी नेतृ–डफ्फाद्वारा प्रतिनिधित्व गरिएको आधुनिक संशोधनवादले साम्राज्यवाद र प्रतिक्रियावादको हितमा माक्र्सवाद–लेनिनवादका शिक्षाहरुलाई संशोधन र तोडमरोड गरे । ती संशोधनवादीहरुले क्रान्तिकारी वर्ग–संघर्ष–समाजवादी क्रान्ति, सर्वहारावर्गको अधिनायकतन्त्र, युद्ध र शान्ति, आदि सम्बन्धी माक्र्सवादी–लेनिनवादी सिद्धान्तहरुप्रति विश्वासघात गरेर कम्युनिष्ट आन्दोलनलाई संशोधनवादी बाटोमा लैजान खोजे । त्यसैले, संशोधनवाद विश्व कम्युनिष्ट आन्दोलनको लागि निकै ठूलो खतरा बन्न पुग्यो ।
विश्व कम्युनिष्ट आन्दोलन र विश्व जनताको मुक्ति आन्दोलनको लागि त्यो निकै संकटपूर्ण थियो । विश्व कम्युनिष्ट आन्दोलनभित्र एकातिर माक्र्सवाद–लेनिनवादीहरु र अर्कातिर आधुनिक संशोधनवादीहरुको माझमा ठूलो र भयानक संघर्ष चल्यो । यस संघर्षमा माओ त्सेतुङ प्रधान रहेको चिनियाँ कम्युनिष्ट पार्टीले माक्र्सवाद–लेनिनवादका क्रान्तिकारी शिक्षाहरुको संरक्षणको पक्षमा अघिल्लो मोर्चामा रहेर प्रमुख भूमिका खेल्यो । त्यसताका आधुनिक संशोधनवादको विरुद्ध विश्वव्यापी रुपमा चलेको महान् विवाद र संघर्षमा माओ त्सेतुङले नेतृत्वकारी भूमिका खेल्नुभयो । उहाँले व्यक्ति–पूजाको विरोधको आडमा गरिएको स्टालिनको निन्दालाई दृढरुपमा अस्वीकार गर्नुभयो र तत्कालीन सोभियत नेतृ–डफ्फाद्वारा गरिएको विभिन्न खालका दवाब धम्कीसामु झुक्न ठाडोरुपमा इन्कार गर्दै चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका माक्र्सवादी–लेनिनवादीहरुलाई संशोधनवाद–विरोधी संघर्षमा नेतृत्व दिएर अगाडि बढाउनु भयो ।
उक्त कार्य विश्व कम्युनिष्ट आन्दोलनप्रति माओ त्सेतुङको महत्वपूर्ण योगदान थियो ।
३) तेस्रो कुरा के हो भने महाशक्ति प्रभुत्ववादको विरुद्ध अन्तर्राष्ट्रिय संघर्षका महान रणनीतिज्ञको रुपमा पनि उहाँले विश्व कम्युनिष्ट आन्दोलन र विश्व क्रान्तिप्रति महान योगदान गर्नुभयो । पूर्व सोवियत संघ समाजवादीबाट सामाजिक–साम्राज्यवादी मुलुकमा, एक महाशक्तिमा फेरिएको र विश्व प्रभुत्वको लागि दुई महाशक्तिहरुमाझ होडबाजी चलेको तत्कालीन वस्तुगत स्थितिको वैज्ञानिक विश्लेषणको आधारमा उहाँले तीन विश्वको सिद्धान्तको प्रतिपादन गर्नुभयो । सो सिद्धान्तलाई पहिलोपल्ट माओ त्सेतुङले यसरी प्रस्तुत गर्नुभयो ः “मेरो विचारमा पहिलो विश्वमा संयुक्त राज्य अमेरिका र सोवियत संघ पर्दछ । दास्रो विश्वमा जापान युरोप र केनाडा मध्यम अंग पर्दछ । हामी तेस्रो विश्व हौं । तेस्रो विश्वमा विशाल जनसंख्या छ । जापानलाई छोडेर एशिया तेस्रो विश्वमा पर्छ । सम्पूर्ण अफ्रिका तेस्रो विश्वमा पर्छ र लेटिन अमेरिका पनि यसमा नै पर्छ ।”
माक्र्सवाद–लेनिनवादको सर्वव्यापी सत्यलाई विश्व क्रान्तिको ठोस व्यवहारसित मिलाएर प्रतिपादन गरिएको सो सिद्धान्त त्यसको विकासमा एक महत्वपूर्ण योगदान रह्यो । उक्त सिद्धान्तले विश्व प्रभुत्ववादको विरुद्ध संघर्षलाई बढाउन र त्यसको विरुद्ध व्यापकतम अन्तर्राष्ट्रिय संयुक्त मोर्चाको निर्माणका लागि सही निर्देशन र विश्व क्रान्तिकारी आन्दोलनका लागि आधारभूत रणनैतिक कार्यदिशा प्रदान ग¥यो । यहाँ माओ त्सेतुङ एक महान अन्तर्राष्ट्रिय रणनीतिज्ञको रुपमा देखिनु भयो ।
सर्वहारा अन्तर्राष्ट्रवादलाई दृढ रुपमा समर्थन गर्दै माओ त्सेतुङले युद्ध र आक्रमणका नीतिहरु, महशक्ति तथा क्षेत्रीय प्रभुत्ववाद र ठूलो–राष्ट्र अहंकारवादको दृढ रुपमा विरोध गर्नुभयो, र चीनले अन्य देशहरुसितको सम्बन्धमा कहिले पनि प्रभुत्व नखोज्ने कुराको घोषणा गर्नुभयो । विदेश मामिलाको सम्बन्धमा उहाँले एक पुरै क्रान्तिकारी कार्यदिशाको प्रतिपादन गर्नुभयो, र त्यो थियो विश्व शोषित–पीडित राष्ट्र तथा जनताहरुसित एकतालाई जब्बर पार्ने, प्रभुत्ववादी तथा विस्तारवादी प्रयासहरुको विरोध गर्ने र शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरुको दृढ रुपमा अनुशरण गर्ने कार्यदिशा । उहाँले नयाँ अन्तर्राष्ट्रिय राजनैतिक तथा आर्थिक सम्बन्धको लागि नीतिहरुको प्रतिपादन गर्नमा पनि ठूलो योगदान गर्नुभयो ।
४) अन्तिम तर बढी महत्वपूर्ण कुरा के भने माओ त्सेतुङ विचारधाराको रुपमा माक्र्सवाद–लेनिनवादको सैद्धान्तिक खजानामा नयाँ विचार र प्रस्थापनाहरु थपी त्यसलाई अरु समृद्ध बनाएर माओ त्सेतुङले विश्व कम्युनिष्ट आन्दोलनप्रति महत्वपूर्ण योगदान गर्नुभयो ।
जनताको क्रान्तिकारी आन्दोलनको विकासक्रममा देखापरेका व्यावहारिक समस्याहरुको समाधानमा माक्र्सवाद–लेनीनवादलाई लागू गर्ने सिलसिलामा र त्यसबाट प्राप्त अनुभवहरुको निचोडको रुपमा माओ त्सेतुङले धेरै नयाँ विचार तथा प्रस्थापनाहरु माक्र्सवादको भण्डारमा थप्नुभएको छ । उक्त विचार तथा प्रस्थापनाहरुको समष्टि–रुपनै माओ त्सेतुङ विचारधारा हो, र तिनले माक्र्सवाद–लेनिनवादलाई विश्व विकास अनुरुप विकसित गरेका छन् । केही पक्षहरुमा उहाँले माक्र्सवादलाई निकै समृद्ध पार्नुभएको छ । यसका केही उदाहरणहरुलाई हामी हेरांै ।
दार्शनिक क्षेत्रमा, माओ त्सेतुङद्वारा लिखित व्यावहार बारे, अन्र्तविरोधबारे र अन्य दार्शनिक लेखहरु निकै महत्वपूर्ण छन्, र ती माक्र्सवादको दार्शनिक चिन्तनको क्षेत्रमा ठूला योगदान हुन् । चीनको क्रान्तिकारी युद्धमा रणनैतिक समस्याहरु, दीर्घकालीन युद्धबारे, जापान–विरोधी छापामार युद्धमा रणनैतिक समस्याजस्ता उहाँका सैनिक कृतिहरुले माक्र्सवादको सैनिक सिद्धान्तको भण्डारलाई निकै समृद्ध र विकसित गरेका छन् । यस्तै, नौलौ जनवादी क्रान्तिका चालक शक्ति, अभिभारा, चरित्र, नेतृत्व, जस्ता महत्वपूर्ण सवालहरुबारे लेखिएका उहाँका कृतिहरु (उदाहरणार्थ, नौलो जनवादबारे) क्रान्तिसम्बन्धी माक्र्सवादी–लेनिनवादी सिद्धान्तको क्षेत्रमा ठूला योगदान हुन् । खास गरेर, चीनको जनक्रान्तिको अनुभवको निचोड निकालेर लेखिएका उहाँका कृतिहरुले उपनिवेशवाद–विरोधी क्रान्तिसम्बन्धी माक्र्सवादी धारणालाई समृद्ध र फराकिलो पारेका छन् । आफ्नो महत्वपूर्ण कृति जनताबीचका अन्र्तविरोधहरुको सही संचालनमा उहाँले समाजमा हुने दुइ प्रकारका अन्तर्विरोध र तिनको समाधनका उपायहरुबारे जुन विचार प्रस्तुत गर्नुभयो, त्यो सामाजिक अन्तर्विरोधहरुको समाधान गर्ने सम्बन्धमा माक्र्सवादी सिद्धान्तको क्षेत्रमा एउटा ठूलो उपलब्धि रहेको छ । अन्य विभिन्न क्षेत्रहरुमा पनि, जस्तो कि पार्टी निर्माण, समाजवादी क्रान्ति र समाजवादी निर्माण, विदेश सम्बन्ध, आदिमा उहाँका सैद्धान्तिक योगदानहरु महत्वपूर्ण रहेका छन् ।
माओ त्सेतुङको सैद्धान्तिक योगदानहरुबारे चर्चा गर्दा आधारभूत महत्वको एउटा कुरा के छ भने उहाँले माक्र्सवादी चिन्तन–तरिकालाई निकै विकसित गर्नु भएको छ । सिद्धान्तलाई व्यावहारसित गाँस्ने, सधैभरि विद्यमान यथार्थताको आधारबाट अघि बढ्ने र तथ्यहरुबाट सत्य पत्ता लगाउने सिद्धान्तमा उहाँ निकै जोड दिनुहुन्थ्यो, र त्यसलाई समृद्ध पार्नुभएको छ । खास रुपले, “तथ्यहरुबाट सत्य पत्ता लगाउने” सिद्धान्तलाई माओ त्सेतुङ विचारधाराको सारतत्व मानिएको छ ।
माथि–उल्लेखित विभिन्न क्षेत्रहरुमा माओ त्सेतुङका सैद्धान्तिक योगदानहरु निकै महान र महत्वपूर्ण छन्, र ती योगदानहरु माक्र्सवादको सैद्धान्तिक भण्डारमा नयाँ विचार र प्रस्थापनाहरुको रुपमा थपिएका उपलब्धि हुन् । हामी जसलाई माओ त्सेतुङ विचारधारा भन्छौ, त्यो उक्त थपिएका नयाँ विचार र प्रस्थापनाहरुको समष्टि हो । उक्त थप र विकासले माक्र्सवाद–लेनिनवादलाई समृद्ध र विकसित बनाएको छ ।
विश्व कम्युनिष्ट आन्दोलनको पक्षमा माओ त्सेतुङबाट गरिएका जुन योगदानहरुबारे माथि चर्चा गरिएको छ, ती अवश्य पनि विशाल, महान र महत्वपूर्ण छन् । ती क्रान्तिका कुशल संगठनकर्ता, माक्र्सवादी विचारक तथा सिद्धान्तकार, महान रणनीतिज्ञ तथा कार्यनीतिज्ञ र महान सर्वहारा योद्धाको हैसियतबाट उहाँले गरेका योगदान हुन् । उहाँ सच्चा सर्वहारा क्रान्तिकारीका एक सर्वाेत्तम नमुना र सिद्धान्त तथा व्यवहारबीच एकताका चहकिलो प्रतीक हुनुहुन्छ । विश्व सर्वहारावर्ग र विश्व कम्युनिष्ट आन्दोलनप्रति गरिएका उहाँका महान योगदानहरुको फलस्वरुप उहाँ ठीक रुपमा माक्र्स, एंन्जेल्स, लेनिन र स्टालिनको लाममा स्थापीत हुनु भएको छ । उहाँको नाम विश्व सर्वहारावर्गको महान हृदयमा अमिट रुपमा अंकित रहेको छ र चिनियाँ जनतालगायत विश्वका श्रमजीवि जनगणले उहाँलाई कहिल्यै बिर्सने छैनन् । उहाँका काम र विचारहरु प्रगतिशिल मानव जातिको लागि निर्देशन र प्रेरणाको स्रोत बनेर सँधैभरि रहीरहने छन् ।