एजेन्सी । रुसी सैनिक विमान उडान भरेको केही मिनेटमा नै ब्ल्याक सीमा दुर्घटनाग्रस्त भएको छ ।

रुसी रक्षा मन्त्रालयले टीयू–१५४ विमान सोचीबाट डेढ किलोमिटरको दुरीमा रहेको ब्ल्याक सीको करिब ५० देखि ७० मिटर गहिराईमा फेला परेको जनाएको छ ।

विमानमा सैनिक, रुसको चर्चित र सेनाको आधिकारिक ब्याण्ड एलेक्सेन्ड्रोफ एनसेंबलका सदस्य र पत्रकार सहित ९२ जना सवार रहेका थिए ।

सिरियाको लटाकिया प्रान्त जाँदै गरेको विमान सोचीदेखि डेढ किलोमिटर टाढा रहेको ब्ल्याक सीमा दुर्घटनामा परेको हो । सिरियामा तैनाथ रुसी सेनाको नयाँ वर्षको कार्यक्रमका लागि म्युजिक ब्याण्डसहितको टोली विमानमा सवार थियो ।

उद्धारकर्ताहरुले अहिलेसम्म कसैलाई पनि जीवित फेला नपारिएको जनाएका छन् ।

रुसको राजधानी मस्कोबाट उडेको विमान सोचीमा इन्धन भरेर पुनः उडेको थियो । रुसले सीरियाका राष्ट्रपति बशर अल असदको समर्थनमा विद्रोहीहरुविरुद्ध सैन्य कारबाही गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर