काठमाडौँ । पार्टी कार्यालय बुद्धनगरमा आइतबार सम्पन्न नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको बैठकले तीन महिने संगठन तथा जनपरिचालन अभियान संचालन गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष मोहन वैद्य‘किरण’ले पेश गरेको ७ बुँदे अभियान प्रस्ताव छलफलपछि केन्द्रीय समितिले पारित गरेको छ । बैठकले माघ ५ गते विकेन्द्रित रुपमा जिल्ला जिल्लामा अभियानको उद्घाटन गर्ने र चैत्र २६ गते समापन गर्ने निर्णय गरेको छ ।

“पार्टी, संयुक्त मोर्चा तथा जनवर्गीय संगठनहरुलाई व्यापक र सुदृढ बनाऔं, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, संघीय जनगणतन्त्रको स्थापनाका लागि संघर्ष गरौं, मजदुर वर्ग तथा उत्पीडित जनसमुदाय एक होऔं, प्रतिक्रियावादी राज्यसत्ता र संसदीय व्यवस्था–मूर्दावाद, सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद– मूर्दावाद”लगायतका नाराहरु तय गरिएको अभियानको संचालन राज्यको निर्देशन, केन्द्रीय सदस्य, सल्लाहकार सदस्यहरु र जिल्लाको नेतृत्वमा जिल्ला स्तरमा गरिनेछ ।

वडा, गाउँ, नगर तथा एरियातहसम्म पु¥याउने निर्णय गरिएको अभियान दलमा पार्टी, संयुक्त मोर्चा तथा जबस मोर्चाहरुका जिल्ला सदस्यहरु रहने छन् । आवश्यकता अनुसार यस्तो दलमा सेल सदस्यसमेत रहने व्यवस्था गरिएको छ । अभियानको रेखदेख क्षेत्रीय नेतृत्वले गर्ने र अनुगमन केन्द्रीय कार्यालयले गर्ने पनि अभियान संचालनको विषयमा निर्णय गरिएको छ ।

अभियानन्तर्गत पुस मसान्तसम्म राज्य तथा जिल्लाका बैठकहरु सम्पन्न गरिसक्ने, संयुक्त मोर्चा तथा जनवर्गीय मोर्चाहरुसहित संयुक्त अभियानहरु संचालन गर्ने, जवस मोर्चाहरुका राष्ट्रिय स्तरका भेला वा सम्मेलन पनि गर्ने निर्णय गरिएको छ । पार्टीको राष्ट्रिय सम्मेलनलाई लक्षित गर्दै पार्टीको सदस्यता आवेदन फार्म भर्ने, सदस्यता नवीकरण गर्ने, एरियादेखि वार्डसम्म संगठन निर्माण तथा विस्तारको कार्यतालिका बनाउने, एरिया, गाउँ, नगर, वडासम्म बैठक, भेला, प्रशिक्षणलगायतका कार्यक्रम सम्पन्न गर्ने आदि अभियानको लक्ष्य राखिएको छ ।

अभियानकै क्रममा पार्टीले फाल्गुन १ मा जनयुद्ध दिवस, फाल्गुन १४–२१ गतेसम्म सहिद सप्ताह,८ मार्चमा महिला दिवस, फाल्गुन ५ गते अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकी र चैत्र ५ गते साँस्कृतिक प्रतिरोध दिवस मनाउने निर्णय पनि गरेको छ ।
बैठकले अभियानलाई प्रभावकारी बनाउन वालिङ गर्ने, हुडिङ् वोर्ड राख्ने, जनसेवा तथा श्रममूलक काम गर्ने, गाउँ, नगर, वार्ड, एरिया, तहमा विभिन्न जुलुस कोणसभा तथा स्थानीय जनसभा गर्ने, युवा मार्च पास गर्ने लगायतका निर्णय गरिएको छ भने केन्द्रीय कार्यालय, सचिवालय सदस्य, सल्लाहकार सदस्य र केन्द्रीय सदस्य, संयुक्त मोर्चा तथा जवस मोर्चाका केन्द्रीय नेताहरु सम्मिलित वक्ताहरुको टोली बनाइ प्रमुख जिल्लाहरुमा पठाउने पनि निर्णय गरेको छ ।

बैठकले चैत्र २४ मा काठमाडौंमा केन्द्रीय स्तरको जनसभा गर्ने पनि निर्णय गरेको छ ।

बैठकले अभियान र पार्टी कामको संयोजनका लागि चारवटा संगठन व्यूरो बनाएको छ । पूर्वाञ्चल व्यूरो इन्चार्जमा गौरव, मध्यमाञ्जलमा रामसिंह श्रीस, मध्यपश्चिमाञ्चलमा परि थापा र सुदूरपश्चिमाञ्चलमा प्रतीक रहने गरी कार्यविभाजन गरिएको छ ।

सम्मेलन तत्कालका लागि स्थगन

फाल्गुनमा गर्ने भनिएको पार्टीको राष्ट्रिय सम्मेलन तयारी अभाव भएको भन्दै तत्कालका लागि स्थगन गरिएको छ । पार्टी सदस्यताको नवीकरण, पार्टीका नीति तथा कार्यक्रममा चलाउनु पर्ने बहस आदि विषयमा समय अभाव भएकोले सम्मेलन स्थगन गरिएको पार्टी प्रवक्ता हरिभक्त कँडेल‘प्रतीक’ले बताए । बैठकले लिएका अन्य निर्णयहरु प्रेस विज्ञप्ती मार्फत् सार्वजनिक गरिने पनि प्रवक्ता कँडेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर