‘माओले देखाएको निरन्तर क्रान्तिको बाटोमा दृढतापूवर्क अगाडि बढौं !’

‘माओले देखाएको निरन्तर क्रान्तिको बाटोमा दृढतापूवर्क अगाडि बढौं !’

काठमाडौं । एक प्रेस विज्ञप्ती जारी गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले आम पार्टी पंक्ति तथा क्रान्तिकारी जनपंक्तिलाई माओले देखाएको निरन्तर क्रान्तिको बाटोमा दृढतापूर्वक अगाडि बढ्न आव्हान गरेका छन् ।

आइतबार जारी गरिएको प्रेस विज्ञप्तीमा अध्यक्ष किरणले भनेका छन्, “माओदिवसले हामीलाई धारिलो वैचारिक हतियार र नयाँ ऊर्जा प्रदान गर्दछ । तसर्थ, कमरेडहरु माओको १२४ औं दिवस विशेष सम्मानका साथ मनाऔं र माओले देखाएको निरन्तर क्रान्तिको बाटोमा दृढतापूवर्क अगाडि बढौं ∕”

माओको १२४ औं जयन्तीको अवसरमा जारी गरिएको विज्ञप्तीको पूर्णपाठ यस्तो छ ः
‘पहिले झैं यस वर्ष पनि विश्व सर्वहारा वर्गका महान् नेता, क्रान्तिका शिक्षक तथा रणनीति विशारद कमरेड माओको संस्मरण र सम्मानमा विश्वभर १२४ औं माओदिवस मनाइंदैछ । माओदिवसको यस महान ऐतिहासिक अवसरमा क. माओको विशेष सम्मान तथा संस्मरण गर्द विश्व सर्वहारा वर्ग, नेपाली जनसमुदाय, सम्पूर्ण पार्टी कमरेड तथा शुभचिन्तकहरुप्रति केन्द्रीय समितिको तर्फबाट केन्द्रीय कार्यालय रातो लाल सलाम अर्पण गर्दछ ।

माओले अद्र्धसामन्ती तथा अद्र्धऔपनिवेशिक अवस्थामा रहेको चीनलाई दीर्घकालीन जनयुद्ध मार्फत् नयाँ जनवादी क्रान्ति सम्पन्न गरी मुक्त तुल्याउनु भयो र समाजवादी क्रान्तिको प्रक्रियामा सर्वहारा अधिनायकत्व अन्तर्गत क्रान्तिको निरन्तरताको सिद्धान्त प्रतिपादन गरी महान् सर्वहारा सांस्कृतिक क्रान्ति अगाडि बढाउनु भयो । माओले दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विकासमा जुन थप योगदान गर्नु भयो ती सार्वभौम महत्वमा रहेका छन् । यसै क्रममा माक्र्सवाद–लेनिनवाद–माओवाद विकसित भएको छ ।

आज विश्व र नेपालमा पनि एकातिर साम्राज्यवाद र अर्कोतिर दक्षिणपन्थी संशोधनवादको हैकम प्रबल रुपमा बढ्दै गएको छ । विश्व र नेपालमा पनि क्रान्तिले गम्भीर धक्का खाएको छ । यस स्थितिमा नेपालमा क्रान्तिलाई अगाडि बढाउनेबारे गम्भीर प्रकृतिका चुनौतीहरु पैदा भएका छन् । आजको आवश्यकता क्रान्तिकारी पार्टी निर्माण तथा ध्रुवीकरणको प्रक्रिया अगाडि बढाउनु र क्रान्तिकारी कार्यदिशालाई समृद्ध तुल्याउदै नयाँ जनवादी क्रान्तिको तयारी गर्नु हो । यस प्रकारका चुनौतीहरुको सामना गर्दै क्रान्तिको तयारीको दिशामा दृढतापूर्वक अगाडि बढनका लागि माओदिवसले हामीलाई धारिलो वैचारिक हतियार र नयाँ ऊर्जा प्रदान गर्दछ । तसर्थ, कमरेडहरु माओको १२४ औं दिवस विशेष सम्मानका साथ मनाऔं र माओले देखाएको निरन्तर क्रान्तिको बाटोमा दृढतापूवर्क अगाडि बढौं !’