जाडोमा स्वस्थ रहन पिउनुहोस यी ५ हट ड्रिंक्स

जाडोमा स्वस्थ रहन पिउनुहोस यी ५ हट ड्रिंक्स

काठमाडौं । चिसोको समयमा तातो कपडा लगाउनु वा तातो खाएर मात्रै चिसोबाट बच्न सकिन्न, चिसोबाट बच्नका लागि केही हट ड्रिंक्स पिउन जरुरी छ । चिसो भएको दिनमा धेरै क्यालोरी र शक्ति भइको पेय पदार्थ पिउनु आवश्यक छ, जसले धेरै चिसोबाट बचाउँछ र रोगसँग लड्ने तागत समेत प्रदान गर्दछ । त्यस्ता केही हट ड्रिंक्सबारे हामी तपाईलाई भन्दैछौं, जसले चिसोको मौसममा स्वास्थ्यमा फाइदा गर्दछ । 
लसुनवाला चिया
जाडोको मौसममा लसुनवाला चिया भन्दा तपाईलाई अनौठो पनि लाग्यो र यो मन पनि पर्दैन होला । तर यसले चिसोको मौसममा हुने समस्याबाट जोगाउन सहयोग गर्दछ । यसले पाचन प्रणालीमा सहयोग गर्दछ । वातावरणका कारण हुने एलर्जीबाट आउने स्वास सम्बन्धि समस्याबाट छुटकारा पाउनका लागि पनि तपाईले लसुन चियाको प्रयोग गर्न सक्नुहुन्छ ।
दालचिनी चिया
जाडोमा दालचिनीको चिया पिउनु फाइदाजनक हुन्छ । यो शरीरमा जम्मा भएको अत्तिरित्त बोसो घटाउनका लागि पनि सहायक हुन्छ । दालचिनी चिया पिउदा तपाईको शरीरमा क्यालोरी बन्नमा मदत गर्नुका साथै विभिन्न रोग लाग्नबाट समेत बचाउँछ ।
कफी
जाडोमा कफीको सेवनले तपाईलाई उर्जा प्रदान गर्दछ । तपाईको टाइप टु डाइभिटिज, पार्किन्सन, कलेजोको विरामी र कलेजोको क्यान्सरबाट बचाएर स्वास्थ्यलाई राम्रो राख्दछ ।
ग्रिन टी
ग्रिन टी जाडोमो एक उर्जावान पेय पर्दार्थ हो । यसले तपाईको शरीरमा उर्जा प्रदान गर्दछ र विरामसँग लड्नका लागि तागत दिन्छ । ग्रिन टीमा एन्टीअक्सिडेन्टस र थियानाइन हुन्छ, जुन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । दिनमा २–३ कप ग्रिन टी पिउनु राम्रो हुन्छ ।

कालो चिया
कालो चियान पनि स्वास्थ्यका लागि फाइदाजनक हुन्छ र विहान एक कप कालो चिया पिउँदा स्वास्थ्यलाई फाइदा हुन्छ । यसले फ्लेवेनायड्स एलडीएल कोलेस्ट्रोल कम गर्दछ । दिनमा ४ कप सम्म कालो चिया पिएमा तनाब क मगर्न सहयोग गर्दछ भने मस्तिष्कलाई पनि तेज बनाउँछ । यस्तै यसले मुटुको धमनीलाई स्वस्थ राख्न पनि मदत गर्दछ ।