म्यान्चेस्टर सिटी दोस्रो स्थानमा, आर्सनल २–१ ले पराजित

म्यान्चेस्टर सिटी दोस्रो स्थानमा, आर्सनल २–१ ले पराजित

काठमाडौं । उपाधिको दाबेदार आर्सनललाई हराउँदै म्यानचेष्टर सिटी इंग्लिस प्रिमियर लिगको दोस्रो स्थामा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा सिटी आर्सनललाई २–१ ले हराएको हो । सिटीको जितमा साने र रहिम स्टर्लिङले एक एक गोल गरे ।

आर्सनलका लागि खेलको पाँचौं मिनेटमा नै थियो वाल्कोटले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको अवस्था उल्टाउँदै सिटीले २–१ के जित निकालेको हो ।

दोस्रो हाफको सुरुमा नै सानेले घरेलु टोलीका लागि बराबरी गोल फर्काए । ७१ औं मिनेटमा स्टर्लिङले गोल गरेपछि सिटी २–१ ले विजयी भयो ।

यो जितसँगै म्यानचेष्टर सिटी १७ खेलबाट ३६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । आर्सनल भने ३४ अंकका साथ चौथो स्थानमा छ । समान अंक भएपनि एक खेल कम खेलेको लिभरपुल गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको चेल्सीको ४३ अंक रहेको छ ।