काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत आइतबाररातिको खेलमा बार्सिलोनाले स्पानियोललाई ४–१ ले हराएको छ ।

मेस्सीले १ गोल गर्नुका साथै २ गोलका लागि पास मिलाएको खेलमा बार्सिलोनाले सहज जित निकालेको हो । 

घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले १८ औं मिनेटमा नै लुईस स्वारेजको गोलबाट अग्रता लिएको थियो ।

पहिलो हाफमा १–० ले अघि रहेको बार्सिलोनाका लागि ६७ औं मिनेटमा मेस्सीको पासमा स्वारेजले र ६९ औं मिनेटमा मेस्सीकै पासमा जोर्डी अल्बाले गोल गरेपछि बार्सिलोना ३–० ले अघि बढेको थियो । 

स्पानियोलका लागि लोपेज सिल्भाले ७९ औं मिनेटमा एक गोल गरे । तर, ९० औं मिनेटमा लिओनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई ४–१ के जित दिलाए । 

जितसँगै बार्सिलोना १६ खेलबाट ३४ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको रियल मड्रिडको ३७ अंक छ र उसले एक खेल कम खेलेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर